२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले सबै मन्त्री र कर्मचारीलाई दिए यस्तो मूल मन्त्र

२०७५, १० श्रावण बिहीबार ०८:३५

साउन १०, काठमाडौ | प्रधानमन्त्री केपी शर्मा ओलीले “हाम्रो नेपाल: हामी नेपाली, हामी जनताका सेवक”को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गर्नुभएको छ । 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा छ महिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि आयोजित दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रशिक्षार्थीहरुले तयार गरेको विभिन्न प्रतिबद्धतामा नयाँ प्रतिबद्धता लेखेर थप्दै त्यसलाई आफूले पालना गर्ने र अरुले पनि गर्नुपर्ने बताउनुभएको हो । उहाँले सधैँ सफा र स्वच्छ व्यक्तिका रुपमा रहन पनि नयाँ अधिकृतलाई निर्देशन दिनुभयो । 

प्रधानमन्त्री ओलीले कर्मचारीले जहाँ पुगे पनि उज्यालो ज्योतिका रुपमा रही नवप्रवर्तनकारी काम गरेर मुलुकको सार्वभौमिकता, भूराजनीति, जात, धर्म, संस्कृति र चाडहरुको महत्व बुझेर मुलुकलाई सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै भन्नुभयो, “नेपालमा फलाम, तामा, युरोनियम र पेट्रोलियम पदार्थको खानी छ तर हामी किन गरीब भएका छौँ, त्यसको खोजी गर्नुपर्छ । भावी सन्नतिलाई गरिबी र पछौटेपनबाट हटाउने युग परिवर्तनको संवाहकका रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको अभिभारा हाम्रो काँधमा छ ।” 

प्रतिष्ठानका पाठ्यक्रमलाई अझ परिमार्जन गर्नेबारेमा आफूले आगामी दिनमा छलफल गर्ने भन्दै उहाँले सफलताको रहस्य इमानदारिता भएकाले सक्रिय इमानका साथ काम गर्न निर्देशन दिनुभयो । “निष्क्रिय इमानदारिताले जनताकोे सेवाका लागि कुनै लाभ हुँदैन । जनसेवा नगरे इमान अधुरो हुन्छ र प्रयोग नहुने ज्ञान निकम्मा हुन्छ”, उहाँले भन्नुभयो । 

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले दीक्षित कर्मचारीलाई कार्यक्षेत्रमा सफल हुन बधाई दिनुभएको थियो । 

गत २०७४ पुस १७ देखि सञ्चालित उक्त प्रशिक्षणमा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा नवनियुक्त २१७ अधिकृत सहभागी थिए । प्रशिक्षणमा सर्वाेत्कृष्ट भएका देवचन्द्र गर्तैलालाई “कार्यकारी निर्देशक स्वर्ण पदक” बाट सम्मान गरियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ