८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले सबै मन्त्री र कर्मचारीलाई दिए यस्तो मूल मन्त्र

१० श्रावण २०७५, बिहीबार ०८:३५

साउन १०, काठमाडौ | प्रधानमन्त्री केपी शर्मा ओलीले “हाम्रो नेपाल: हामी नेपाली, हामी जनताका सेवक”को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गर्नुभएको छ । 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा छ महिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि आयोजित दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रशिक्षार्थीहरुले तयार गरेको विभिन्न प्रतिबद्धतामा नयाँ प्रतिबद्धता लेखेर थप्दै त्यसलाई आफूले पालना गर्ने र अरुले पनि गर्नुपर्ने बताउनुभएको हो । उहाँले सधैँ सफा र स्वच्छ व्यक्तिका रुपमा रहन पनि नयाँ अधिकृतलाई निर्देशन दिनुभयो । 

प्रधानमन्त्री ओलीले कर्मचारीले जहाँ पुगे पनि उज्यालो ज्योतिका रुपमा रही नवप्रवर्तनकारी काम गरेर मुलुकको सार्वभौमिकता, भूराजनीति, जात, धर्म, संस्कृति र चाडहरुको महत्व बुझेर मुलुकलाई सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै भन्नुभयो, “नेपालमा फलाम, तामा, युरोनियम र पेट्रोलियम पदार्थको खानी छ तर हामी किन गरीब भएका छौँ, त्यसको खोजी गर्नुपर्छ । भावी सन्नतिलाई गरिबी र पछौटेपनबाट हटाउने युग परिवर्तनको संवाहकका रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको अभिभारा हाम्रो काँधमा छ ।” 

प्रतिष्ठानका पाठ्यक्रमलाई अझ परिमार्जन गर्नेबारेमा आफूले आगामी दिनमा छलफल गर्ने भन्दै उहाँले सफलताको रहस्य इमानदारिता भएकाले सक्रिय इमानका साथ काम गर्न निर्देशन दिनुभयो । “निष्क्रिय इमानदारिताले जनताकोे सेवाका लागि कुनै लाभ हुँदैन । जनसेवा नगरे इमान अधुरो हुन्छ र प्रयोग नहुने ज्ञान निकम्मा हुन्छ”, उहाँले भन्नुभयो । 

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले दीक्षित कर्मचारीलाई कार्यक्षेत्रमा सफल हुन बधाई दिनुभएको थियो । 

गत २०७४ पुस १७ देखि सञ्चालित उक्त प्रशिक्षणमा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा नवनियुक्त २१७ अधिकृत सहभागी थिए । प्रशिक्षणमा सर्वाेत्कृष्ट भएका देवचन्द्र गर्तैलालाई “कार्यकारी निर्देशक स्वर्ण पदक” बाट सम्मान गरियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा