२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बंगुरपालनबाट मनग्य आम्दानी

२०७५, १० श्रावण बिहीबार ०८:४१

साउन १०, कञ्चनपुर | कृष्णपुर नगरपालिका– ५ की राधा चौधरीले बंगुरपालन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । 

चौधरीले बंगुर बिक्री गरेर वार्षिकरुपमा रु १२ लाखभन्दा बढीको कारोवार गर्दै आउनुभएको छ । उहाँले वार्षिक रु छ लाख नाफा गर्नुहुन्छ । 

उहाँले रु १० लाख बराबरको बंगुरको मासु तथा रु दुई लाख १० हजार बराबरको बंगुरको पाठापाठी बिक्री गर्नुभएको हो । चौधरीको फार्ममा चार जाताका माउ बंगुर पालिएका छन् । “अझै ३० वटा बंगुर थप्ने योजना छ,” उहाँले भन्नुभयो । 

बंगुरपालनबाट गरेको रु तीन लाख ५० हजार खर्चेर उहाँले ५० वटा बंगुर अटाउने आधुनिक फार्म निर्माण गर्नुभएको छ । चौधरीले रु तीन लाखमा फार्मका लागि जग्गा खरिद गर्नुभएको हो । 

घरेलु तथा साना उद्योग कार्यालयबाट चार वर्षअघि सातदिने तालीम लिएर उहाँले आधुनिक तरिकाले बंगुरपालन गर्न थाल्नुभएको हो । “बालबालिकाको पढाइ तथा घर खर्च बंगुरपालनको आम्दानीले धानिएको छ,” उहाँले भन्नुभयो । बंगुरपालनपछि आर्थिक अभाव नभएको उहाँ बताउनुहुन्छ । 

बंगुरपालनको आम्दानी चौधरीले पक्की घर निर्माणका लागि बैंकमा बचत गर्न थाल्नुभएको छ । रु एक लाख ऋण काढेर उहाँले चार वर्षअघि बंगुरपालन व्यवसाय थाल्नुभएको हो । बंगुरपालनका लागि लिएको ऋण उहाँले दुई वर्षमै चुक्ता गर्नुभयो । “हिम्मत गरेर आफ्नै खुट्टामा उभिए अरुको भर पर्नु पर्दैन,” उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय