2026-07-06 09:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा. केसीको २७ दिनदेखि जारी अनसन तोडियो, उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज नखुल्ने (पूर्ण पाठ)

साउन १०, काठमाडौं । सरकार र अनसनरत डा. गोविन्द केसीबीच नौं बुँदे सहमति भएको छ । यससँगै डा. केसीको २७ दिनदेखिको अनसन तोडिएको छ । 

बिहीबारको करिब ९ घण्टाको वार्ता सहमतिमा पुगेपछि डा. केसीलाई नेकपा नेता सुवास नेम्वाङ र प्रा.केदारभक्त माथेमाले स‌ंयुक्त रुपमा जुस खुवाएर अनशन तोडेका हुन् । डा. के.सी चिकित्सा शिक्षा अध्यादेशका मुल विषयबस्तुबाट पछि हटेपछि डा. केसी अनसन बसेका थिए । सहमतिसंगै अब सरकारले डा. केसीको माग र केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनका आधारमा विधेयक संशोधन हुने भएको छ । 


डा. गोविन्द केसी लामो अनसन बसेका कारण बोल्न भने सकेनन् उनले लिखित वक्तब्यमार्फत अनसनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । अनसनमा सरकारको असहमति रहेको मुख्य विषय उपत्यकामा १० वर्ष मेडिकल कलेज नखुल्ने भन्ने बिषयमा समेत सहमति भएसंगै अब सहमति अनुसार काठमाडौँमा १० बर्षसम्म मेडिकल कलेज नखुल्ने भएको छ । सहमति अनुसार भए अब ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौं, भक्तपुर, ललितपुरमा कुनै मेडिकल, डेक्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्थालाई आशयपत्र प्रदान गरिने छैन । 

प्रा डा केसीको अनशन तोडाउन प्रधानमन्त्री केपी शर्मा ओलीका साथै उहाँका तर्फबाट नेकपाका नेता नेम्वाङ, प्रा डा माथेमा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा धर्मकान्त बाँस्कोटा, मन्त्रिपरिषद्का चिकित्सक प्रा डा दिव्यासिंह शाहलगायत सक्रिय हुनुहुन्थ्यो । आज राति त्रिवि शिक्षण अस्पतालमा भएको नौबूँदे सहमतिपत्रमा सरकारी वार्ताटोलीका तर्फबाट शिक्षा, विज्ञान ताथ प्रविधि मन्त्रालयका सचिव खगराज बराल र प्रा डा केसीका तर्फबाट उहाँ स्वयंले हस्ताक्षर गर्नुभयो । 

सरकार र अनशनरत प्रा डा गोविन्द केसीबीच बिहीबार राति सहमति भएपछि सहमतिपत्रमा हस्ताक्षर गर्दै प्रा डा गोविन्द केसी । तस्बिरः कुमार चौंलागाई, रासस

सरकारी वार्ता टोलीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने तथा प्रा डा केसीका तर्फबाट डा अभिशेष सिंह, डा जीवन क्षेत्री, अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता ओमप्रकाश अर्याल सहभागी हुनुहुन्थ्यो । 

प्रधानमन्त्री ओलीले प्रा डा केसीको अनशन अन्त्यका लागि तीन दिनदेखि विशेष पहल गरी छलफललाई तीव्रता दिनुभएको थियो । प्रा डा केसीले उठाउनुभएको पछिल्ला मागलाई सरकारले संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयकमा समावेश गराउने प्रतिबद्धता जनाएपछि प्रा डा केसीले अनशन अन्त्य गर्नुभएको हो । 

सरकार र अनशनरत प्रा डा गोविन्द केसीबीच बिहीबार राति सहमति भएपछि डा केसीको २७ दिनदेखिको अनुशन तोडिएको छ । डा केसीलाई अनशन तोडाउन त्रिवि शिक्षण अस्पताल पुग्नुभएका संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका महासचिव विष्णु पौडेल र सरकारी वार्ता टोलीका सदस्यहरु । तस्बिरः कुमार चौंलागाई, रासस

शिक्षण अस्पतालमा पत्रकारसँग कुरा गर्दै नेता नेम्वाङले सो सहमतिका लागि प्रधानमन्त्री र सरकारले गम्भीरतापूर्वक भूमिका निर्वाह गरेको र प्रधानमन्त्रीको निर्देशनमा आफूहरु क्रियाशील भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “आज हामीले चिकित्सा शिक्षा र स्वास्थ्य विषयका कुरा टुङ्ग्याउन सफल भएका छौँ, समझदारी गरेका छौँ । प्रा डा केसीले शिक्षा र स्वास्थ्यका लागि गरेका प्रयासमा हामीले प्रतिबद्धता व्यक्त गरेका छौँ । सहमतिलाई संसद्को प्रक्रियामा लाने प्रतिबद्धता प्रधानमन्त्रीले गर्नुभएको छ । सो प्रतिबद्धता संसदीय प्रक्रियामार्फत टुङ्गोमा पुग्नेछ । प्रा डा केसीले फेरि फेरि अनशन बस्नु नपरोस् । तपाईँ हामी विरोधी होइनौँ । ” 

नेता नेम्वाङले प्रधानमन्त्री ओली र सरकार चिकित्सा शिक्षा र स्वास्थ्यका विकृति र विसंगति अन्त्य गर्न लागिरहेको चर्चा गर्दै सरकारको अभियान र डा केसीको अभियान साथ साथमा छ भन्नुभयो । सो सहमतिलाई जनताको प्रतिनिधिमूलक संस्था संसद्मा छलफलमा लगी टुङ्गोमा लगिने उहाँले स्पष्ट गर्नुभयो । 

सो अवसरमा कार्यदलका संयोजक प्रा डा माथेमाले चिकित्सा शिक्षाको गुणस्तर र त्यसमा सबैको पहुँच पु¥याउन सो सहमतिले मूर्त रुप दिने विश्वास व्यक्त गर्नुभयो । “यो कसैको जीतहारभन्दा पनि चिकित्सा शिक्षाको विजय हो”, उहाँले भन्नुभयो । उहाँले माथेमा कार्यदलको प्रतिवेदनअनुसारको विधेयक संसद्मा आउने पनि स्पष्ट गर्नुभयो । 

पूर्ण पाठ 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने