प्रभात सुवेदी । साउन ११, बर्दिया । 

वर्तमान समयमा गुरुको मार्गदर्शन अनुसरण गर्न नसक्दा र गुरुज्ञानको कमी र परिपालना नहुँदा समाजमा खुराफाती संस्कारको विकास भएको आज गुलरियामा व्यास जयन्तीको सन्दर्भमा आयोजित विशेष कार्यक्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । साउन ११, बर्दिया । 

वर्तमान समयमा गुरुको मार्गदर्शन अनुसरण गर्न नसक्दा र गुरुज्ञानको कमी र परिपालना नहुँदा समाजमा खुराफाती संस्कारको विकास भएको आज गुलरियामा व्यास जयन्तीको सन्दर्भमा आयोजित विशेष कार्यक्र"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

खुराफाती संस्कारको विकास किन ?

२०७५, ११ श्रावण शुक्रबार ०६:२१

प्रभात सुवेदी । साउन ११, बर्दिया । 

वर्तमान समयमा गुरुको मार्गदर्शन अनुसरण गर्न नसक्दा र गुरुज्ञानको कमी र परिपालना नहुँदा समाजमा खुराफाती संस्कारको विकास भएको आज गुलरियामा व्यास जयन्तीको सन्दर्भमा आयोजित विशेष कार्यक्रममा बोल्ने धार्मिक अभियान्ताहरुको भनाइ रहेको छ ।


प्रत्येक वर्ष असार शुक्ल पूर्णीमाका दिनमा चार वेद तथा अठार पुराणका रचयिता महर्षि ऋषि वेदव्यासको जन्म जयन्ती मनाइने गरिएको छ । हिन्दू धर्मका मात्रै नभएर विश्वकै प्रथम गुरुका रुपमा रहेका व्यासले ब्रह्माजीका चारओटा मुखारविन्दबाट सुनेको ज्ञानलाई भगवान गणेशजीबाट लिपिवद्ध गराई लेख्न लगाउनुभएको धार्मिक मान्यता रहेको छ । 

कार्यक्रममा व्यास मन्दिर रहेको गुलरिया नगरपालिका ७ को शान्तिटोलमा व्यासको मूर्तिमा पूजा अर्चनापश्चात विशेष कार्यक्रम गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै धार्मिक व्यक्तित्व पुण्यप्रसाद गौतमले गुरुविना कुनै पनि ज्ञान अधुरो हुने भएको हामीले गुरुलाई तेत्तीस कोटी देवतामध्ये तीन देवताका रुपमा लिने गरेको बताउनुभयो । त्यसैले नै हाम्रो शास्त्रले गुरु ब्रह्मा, गुरु विष्ण, गुरुर्देवो महेश्वर भनेको छ, वहाँले बताउनुभयो । 

यसैगरी पण्डित डिल्ली प्रसाद आचार्यले व्यासको महत्व र गुणगान त्यसै आएको हैन । यसको धार्मिक महत्व वेदका ९६ हजार मन्त्र अनि हामीले धारण गर्ने जनैका सूत्रहरुमा समेत रहेको बताउनुहुँदै राणाकालमा तथा राजाहरुको पालामा गुरुलाई श्री ६ को उपाधि दिइनुले पनि गुरु नै सर्वश्रेष्ठ मान्न सकिने कुरा बताउनुभयो । 

पण्डित जनार्दन आचार्यले मानिसलाई सुमार्गमा लगाउने व्यक्ति नै गुरु भएकोले पनि आदिमकाल देखि नै गुरुका रुपमा आदर्श पुरुष वा महिलालाई हिन्दू दर्शनले पुज्यनीय मान्दै आइरहेको स्मरण गर्नुभयो । 

कार्यक्रममा स्थानीय विद्दान व्यक्तित्वहरु, महिला, भद्रभलाद्मीहरु लगायत ५ दर्जनको उपस्थिती रहेको थियो । राधाकृष्ण वेदव्यास बाटिका मन्दिरका अध्यक्ष खेमराज गौतमकाे सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण हरिहर शर्मा आचार्य र विष्णु प्रसाद मरासिनीले गर्नुभएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला