प्रभात सुवेदी । साउन ११, बर्दिया । 

वर्तमान समयमा गुरुको मार्गदर्शन अनुसरण गर्न नसक्दा र गुरुज्ञानको कमी र परिपालना नहुँदा समाजमा खुराफाती संस्कारको विकास भएको आज गुलरियामा व्यास जयन्तीको सन्दर्भमा आयोजित विशेष कार्यक्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । साउन ११, बर्दिया । 

वर्तमान समयमा गुरुको मार्गदर्शन अनुसरण गर्न नसक्दा र गुरुज्ञानको कमी र परिपालना नहुँदा समाजमा खुराफाती संस्कारको विकास भएको आज गुलरियामा व्यास जयन्तीको सन्दर्भमा आयोजित विशेष कार्यक्र"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

खुराफाती संस्कारको विकास किन ?

११ श्रावण २०७५, शुक्रबार ०६:२१

प्रभात सुवेदी । साउन ११, बर्दिया । 

वर्तमान समयमा गुरुको मार्गदर्शन अनुसरण गर्न नसक्दा र गुरुज्ञानको कमी र परिपालना नहुँदा समाजमा खुराफाती संस्कारको विकास भएको आज गुलरियामा व्यास जयन्तीको सन्दर्भमा आयोजित विशेष कार्यक्रममा बोल्ने धार्मिक अभियान्ताहरुको भनाइ रहेको छ ।


प्रत्येक वर्ष असार शुक्ल पूर्णीमाका दिनमा चार वेद तथा अठार पुराणका रचयिता महर्षि ऋषि वेदव्यासको जन्म जयन्ती मनाइने गरिएको छ । हिन्दू धर्मका मात्रै नभएर विश्वकै प्रथम गुरुका रुपमा रहेका व्यासले ब्रह्माजीका चारओटा मुखारविन्दबाट सुनेको ज्ञानलाई भगवान गणेशजीबाट लिपिवद्ध गराई लेख्न लगाउनुभएको धार्मिक मान्यता रहेको छ । 

कार्यक्रममा व्यास मन्दिर रहेको गुलरिया नगरपालिका ७ को शान्तिटोलमा व्यासको मूर्तिमा पूजा अर्चनापश्चात विशेष कार्यक्रम गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै धार्मिक व्यक्तित्व पुण्यप्रसाद गौतमले गुरुविना कुनै पनि ज्ञान अधुरो हुने भएको हामीले गुरुलाई तेत्तीस कोटी देवतामध्ये तीन देवताका रुपमा लिने गरेको बताउनुभयो । त्यसैले नै हाम्रो शास्त्रले गुरु ब्रह्मा, गुरु विष्ण, गुरुर्देवो महेश्वर भनेको छ, वहाँले बताउनुभयो । 

यसैगरी पण्डित डिल्ली प्रसाद आचार्यले व्यासको महत्व र गुणगान त्यसै आएको हैन । यसको धार्मिक महत्व वेदका ९६ हजार मन्त्र अनि हामीले धारण गर्ने जनैका सूत्रहरुमा समेत रहेको बताउनुहुँदै राणाकालमा तथा राजाहरुको पालामा गुरुलाई श्री ६ को उपाधि दिइनुले पनि गुरु नै सर्वश्रेष्ठ मान्न सकिने कुरा बताउनुभयो । 

पण्डित जनार्दन आचार्यले मानिसलाई सुमार्गमा लगाउने व्यक्ति नै गुरु भएकोले पनि आदिमकाल देखि नै गुरुका रुपमा आदर्श पुरुष वा महिलालाई हिन्दू दर्शनले पुज्यनीय मान्दै आइरहेको स्मरण गर्नुभयो । 

कार्यक्रममा स्थानीय विद्दान व्यक्तित्वहरु, महिला, भद्रभलाद्मीहरु लगायत ५ दर्जनको उपस्थिती रहेको थियो । राधाकृष्ण वेदव्यास बाटिका मन्दिरका अध्यक्ष खेमराज गौतमकाे सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण हरिहर शर्मा आचार्य र विष्णु प्रसाद मरासिनीले गर्नुभएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान