2026-09-15 07:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका जोखिमपूर्ण बस्ती सार्न विज्ञको सुझाव

रामबहादुर थापा | साउन ११, बागलुङ | पहिरोको उच्च जोखिममा रहेका जिल्लाका केही बस्तीलाई स्थानान्तरण गर्नुपर्ने सुझाव भूगर्भविद्ले दिएका छन् । 

वर्षेनी पहिरोको चपेटामा पर्दै आएका निसीखोला गाउँपालिका– १ हुल्दी र २ का बाहुन गाउँलाई सुरक्षित ठाउँमा सार्न उनीहरुले सुझाव दिएको हो । 

खानी तथा भू–गर्भ विभागबाट आएको भूगर्भविद्को टोलीले स्थलगत अध्ययनपछि त्यस्तो सुझाव दिएको हो । तत्काल पहिरो रोकिने सम्भावना नरहेपछि बस्ती नै स्थानान्तरण गर्नु उपयुक्त हुने विभागकी वरिष्ठ भूगर्भविद् मोनिका झाले बताउनुभयो । 

भूगर्भको कमजोर संरचना, भौगोलिक बनावट र जभाभावी खनिएका सडकका कारण बस्ती जोखिममा परेको उहाँको भनाइ छ । 

‘पूर्व सजगता र रोकथामका उपायले पहिरो रोकिने अवस्था छैन,’ उहाँले भन्नुभयो, “बस्ती नै अन्यत्र सार्नु उत्तम हुन्छ ।” 

हिरो र भूवनोटको अवस्थालाई हेर्दा अझै १० वर्ष पहिरो रोकिने सम्भावना नरहेको भूगर्भविद्को अनुमान छ । दुई वर्षअघिको भिषण पहिरोले त्यस क्षेत्रका दर्जनौं घरपरिवार विस्थापित बनेका थिए । अहिले पनि कोही विस्थापित अवस्थामा छन् भने कोही जोखिम मोलेर भएपनि पहिरो प्रभावित बस्तीमै बसेका छन् । 

केही दिनपछि विस्तृत अध्ययन प्रतिवेदन तयार पारी सम्बन्धित विभाग र मन्त्रालयमा बुझाइने सो टोलीले जनाएको छ । अध्ययन टोलीमा वरिष्ठ भूगर्भविद् झा, भूभर्गविद् निता भट्टराई लगायत संलग्न थिए । टोलीले प्रमुख जिल्ला अधिकारीलगायत जिल्लास्थित सम्बन्धित कार्यालयका प्रमुखलाई अध्ययनको प्रारम्भिक जानकारी गराएको छ । 

भूगर्भविद्को टोलीले काठेखोला गाउँपालिका–५ काउलेको पहिरो प्रभावित बस्तीको पनि स्थलगत अध्ययन गरेको छ । दुई साताअघि जमीन भासिएपछि काउलेका १४ परिवार विस्थापित बनेका थिए । 

मध्यपहाडी लोकमार्गको ढल व्यवस्थापन गरे काउले र आसपासका बस्तीमा जोखिम हट्ने अध्ययन टोलीले जनाएको छ । नाली नबन्दा सडकको ढल सिधँै काउले लगायतका बस्तीमा पस्ने गरेको छ । अन्यत्रबाट बस्तीमा सोझिने भेललाई व्यवस्थित गर्नुपर्ने बताइएको छ । अध्ययन टोलीले ढल निकासलाई तत्काल व्यवस्थित गर्न सुझाव पनि दिएको छ । 

पहिरो प्रभावित क्षेत्रका अन्य बस्ती जोगाउन ठाउँ–ठाउँमा ‘चेक ड्याम’ निर्माण गर्नुपर्ने पनि टोलीले सुझाव दिएको छ । सडकको ढल तत्काल सुधार र व्यवस्थित गर्न लोकमार्गको निर्माण कम्पनीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताउनुभयो । प्रजिअ खरेलकै विशेष पहलमा पहिरो प्रभावित क्षेत्रमा विज्ञ लगेर अध्ययन गरिएको हो । 

‘विभागमा विशेष अनुरोध गरेपछि निसीखोलासम्म भूगर्भविद्ले पुगेर अध्ययन गर्ने वातावरण बन्यो,” प्रजिअ खरेलले भन्नुभयो । अध्ययन टोलीबाट विस्तृत प्रतिवेदन आएपछि सोही अनुसार तत्कालीन र दीर्घकालीन व्यवस्थापनका काम अघि बढाइने उहाँको भनाइ छ । 

तत्कालीन जिल्ला भू–संरक्षण कार्यालयले वर्षा अगावै गरेको सर्वेक्षण अनुसार जिल्लाका एक सय एक ठाउँ प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ