२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

यौन धन्दा गराएको भन्दै बार्गेनिङ, डिएसपी र सई मिलेर २ लाख घुस लिएको आरोप

१२ श्रावण २०७५, शनिबार १४:५१

सम्राट सिंह | साउन १२, बझाङ | जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक (डिएसपी) र प्रहरी नायव निरिक्षक (सई) दुवै मिलेर स्थानिय होटल संञ्चालकबाट २ लाख घुस लागेको आरोप छ । जयपृथ्वी नगरपालिका ८ सिमखेतमा रहेको होटल एमडि प्लाजाका संञ्चालक सुवास जोशीबाट बझाङका  डिएसपी क्रृषिराम कडेल र मुद्घाफाट सम्हालीरहेका सई रणधिर जैसी मिलेर २ लाख घुस लगेको आरोप लागेको हो । सिमखेतमा होटल संञ्चालन गर्दै आएका सुवासलाई यौन धन्दा गराएको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङले एक रात प्रहरी हिरासतमा राखी नगद २ लाख रुपियाँ घुस लगेर भोलीपल्ट छोडेको एक प्रहरीले ले जनाएको छ । 

विगत ९ महिना देखि होटल व्यवसाय गरिरहेका जोशीलाई प्रहरीले पक्राउ गरेपछि किन पक्राउ गर्यो भन्ने बारे स्थानियबासी को ध्यान जिल्ला प्रहरी कार्यालयमा नै केन्द्रित थियो । प्रहरी हिरासत भित्र रहेका सुवासले टेलिफोनबाट मसँग खातामा १ लाख मात्र छ प्रहरीले ५ लाखको बारगेनिङ गरेको छ, बाँकि तपाइले सापटी दिएर मलाई केश लाग्नबाट बचाउनु पर्यो भनि पटक-पटक आफ्ना साथी तथा  स्थानिय व्यापारीसँग कुरा गरेका छन् ।

प्रहरीले ५ लाख रुपियाँ दिए छोड्ने नत्र मुद्दा लगाउने भन्दै पटक — पटक धम्की दिएपछि आफुले जोहो गर्नसक्ने २ लाख घुस दिन बाध्य भएको होटल संञ्चालक जोशी बताए । सुरुमा ५ लाखबाट बारगेनिङ सुरु भएको तर आफुले यती ठूलो रकमको जोहो गर्न नसक्ने भनेपनि अन्तिममा २ लाखमा कुरा मिलेको उनको भनाइ छ । 

एक दुई जना यस्ता घुसखोरी प्रहरीले गर्दा नेपाल प्रहरी नै बदनामित हुनु परेको छ । यो घटना त नमुना मात्र हो भन्छन स्थानियहरु र बजार क्षेत्रमा जुवाको विगबिगी छ, राती हिड्ने मानिसहरु लुटिएका छन, चोरी डकैतीका घटनामा ब्रिधि भएका छन खै त यस्ता घटना नियन्त्रण गर्न प्रहरी सक्रिय भएको यो जनामानसको पश्न हो ।

यता जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी क्रृषिराम कडेलले भने यो केशको बारेमा आफुलाई केहि जानकारी नभएको र आफुले रकम पनि नलिएको बताएका छन् । उनले होटल संञ्चालक जोशीलाई अनुसन्धान पछि छोडेको जानकारी दिए । घटनाको थप अनुसन्धान गरी प्रहरीले नै जनतालाई दुःख दिएर रकम असुली गर्ने जस्ता क्रियाकलापमा सहभागी भएको आधार पुष्टि भए कडा कारबाही गरिने प्रदेश नम्बर ७ का  निमित्त प्रहरी प्रमुख एसएसपी बिक्रम चन्दले बताउँनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै