२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ कारागारको पर्खाल भत्कीयो, कैदि आतंकीत सुरक्षामा कडाई

१४ श्रावण २०७५, सोमबार ०४:०४

टेकेन्द्र बोहरा | लगातार दुई-तीन दिनसम्म परेको बर्षाका कारण  जिल्ला कारागारको १५ मिटर घेरवार शनिवार राति  भत्कीदा कारागारमा रहेका कैदि आतकंतिक भएका छन ।

जेल भित्र सुति रहेको अबस्थामा बर्षा संगै जिर्ण भएको कारागारको घेरवार एकासि भत्केपछि जेल भित्र रहेका ५४ जना कैदि बन्दी जेल भित्रै मरिने डरले आतंकति भएका हुन ।

 जेल घर निकै पुरानो छ बर्षा लागे संगै पुरै पानी चुहेर भित्र आउन्छ सुत्ने ठाउँ नभएर आलोपालो गरि  राती सुत्ने गरेका छु राती सुति रहेको अबस्थामा एका एक ठुलो आवाज आयो घरेवार संगै घर भत्कीएर सबैको एकै चिहान हुनेडरले हामी सबै आतिएर गुहार माग्न थालेको ११ बर्ष देखि जेल सजाए भोगी रहेका कैदि भरत रावलले बताए । 

उनले भने राती कारागारमा निकै आतंक भयो बाहिर निकाल बाँचन देउ भनेर नारावाजि समेत भए सुरक्षामा बसेका प्रहरी समेत निकै आतंकित भएका थियौ । झन बाँचियो ।


जिल्ला कारागारको क्षमता २५ जनाको भए पनि दोब्बर भन्दा बढि  ५४ जना  कैदि राखिएका छन । हामीलाई सरकारले मानवले पाउने ब्यबहार नै गरेको छैन । खाने पानी , चर्पि र ढल निकासको समेत  राम्रो ब्यबस्था नभएको कर्तब्य ज्यानको सजाए भागी रहेका अम्मर थापाले बताए ।

उनले भने कदै बन्दिको लागी भनेर निमार्ण गरिएको नयाँ भवनमा हामीलाई सारे पनि राम्रो हन्थ्यो अब घर कुन  भत्की ने हो थाहै छैन ।

शहरी डिभिजन कार्यालय वैतडीले ३ करोड १८ लाखमा सम्झौता गरी बझाङ कारागारको निर्माण  गरेपनी निमार्णको पुरा गरेपछी कैदी बन्दीहरुलाई राख्न सजिलो हुने कारागार शाखाका निमित्त अधिकृत (जेलर) र बोहराले बताए ।

कारागारको भवन २०४० सालमा निमार्ण गरिएको हो निकै जिर्ण भएको छ यसको क्षमता २५ जनाको भए पनि अहिले हामीले बाध्यताले ४३ जना कैदि र ११ जना थुनुवा गरि ५४ जनालाई जेलमा राख्न बाध्य भएको जेलर राजेन्द्र बोहराले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै