पढ्न करिब 2 मिनेट लाग्छ

टेकेन्द्र बोहरा | लगातार दुई-तीन दिनसम्म परेको बर्षाका कारण जिल्ला कारागारको १५ मिटर घेरवार शनिवार राति भत्कीदा कारागारमा रहेका कैदि आतकंतिक भएका छन ।

जेल भित्र सुति रहेको अबस्थामा बर्षा संगै जिर्ण भएको कारागारको घेरवार एकासि भत्केपछि जेल भित्र रहेका ५४ जना कैदि बन्दी जेल भित्रै मरिने डरले आतंकति भएका हुन ।

जेल घर निकै पुरानो छ बर्षा लागे संगै पुरै पानी चुहेर भित्र आउन्छ सुत्ने ठाउँ नभएर आलोपालो गरि राती सुत्ने गरेका छु राती सुति रहेको अबस्थामा एका एक ठुलो आवाज आयो घरेवार संगै घर भत्कीएर सबैको एकै चिहान हुनेडरले हामी सबै आतिएर गुहार माग्न थालेको ११ बर्ष देखि जेल सजाए भोगी रहेका कैदि भरत रावलले बताए ।

उनले भने राती कारागारमा निकै आतंक भयो बाहिर निकाल बाँचन देउ भनेर नारावाजि समेत भए सुरक्षामा बसेका प्रहरी समेत निकै आतंकित भएका थियौ । झन बाँचियो ।

जिल्ला कारागारको क्षमता २५ जनाको भए पनि दोब्बर भन्दा बढि ५४ जना कैदि राखिएका छन । हामीलाई सरकारले मानवले पाउने ब्यबहार नै गरेको छैन । खाने पानी , चर्पि र ढल निकासको समेत राम्रो ब्यबस्था नभएको कर्तब्य ज्यानको सजाए भागी रहेका अम्मर थापाले बताए ।

उनले भने कदै बन्दिको लागी भनेर निमार्ण गरिएको नयाँ भवनमा हामीलाई सारे पनि राम्रो हन्थ्यो अब घर कुन भत्की ने हो थाहै छैन ।

शहरी डिभिजन कार्यालय वैतडीले ३ करोड १८ लाखमा सम्झौता गरी बझाङ कारागारको निर्माण गरेपनी निमार्णको पुरा गरेपछी कैदी बन्दीहरुलाई राख्न सजिलो हुने कारागार शाखाका निमित्त अधिकृत (जेलर) र बोहराले बताए ।

कारागारको भवन २०४० सालमा निमार्ण गरिएको हो निकै जिर्ण भएको छ यसको क्षमता २५ जनाको भए पनि अहिले हामीले बाध्यताले ४३ जना कैदि र ११ जना थुनुवा गरि ५४ जनालाई जेलमा राख्न बाध्य भएको जेलर राजेन्द्र बोहराले बताए ।