<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... <"/>
2026-06-16 06:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अल स्किल इन्टरनेशनल ह्युमन रिसोर्स म्यानपावरमा छापा, समाचार रोक्न प्रस्ताव

साउन १४, काठमाडौं । बैदेशिक रोजगार विभागले बसुन्धारा स्थित अल स्किल इन्टर्नेशनल ह्युमन रिसोर्स कम्पनीमा छापा मारेको  छ । कुवेतको अल मलाफा जनरल ट्रेडिङ एण्ड कन्ट्रकटिङ कम्पनीमा जनरल लाइट लेवर कामको लागि प्रति व्यक्ति १ लाख ६० हजार सम्म लिइरहेको उजुरीका आधारमा आज साँझ छापा मारेको हो । म्यानपावरमा छापा मारी विभागले म्यानपावर कम्पनीका फाइलहरु नियन्त्रणमा लिएको छ । 


विभागले म्यानपावरबाट इजाजतपत्र लगाएतका कागजात सहितको फाइल एक थान, लट नम्बर २०९१६३, ०२६१११, २११०३६, २०५३१९, २०९९५८, २०३७७७ सम्बन्धि पुर्व/अन्तिम स्वीकृति सम्बन्धि फाइल ६ थान नियन्त्रणमा लिएको छ । उक्त कम्पनीका संचालक नभएपछि नियन्त्रणमा लिइएको कागजातमा म्यानपावर कम्पनीका कार्यकारी निर्देशक भुवन कुमार हमाल र म्यानपावरका व्यवस्थापक कमल घिमिरेले लिखितम् हस्ताक्षर गरेका छन् । उक्त कम्पनीका संचालकलाई मंगलबार कार्यालय समयमा विभागमा उपस्थित हुन निर्देशन दिएको विभागका निर्देशक एवं प्रवक्ता उद्धव रिजालले साझा सबाललाई जानकारी दिए । विभागले मंगलबारबाट सो म्यानपावरको कारोबार रोक्का राखि विगोको डेढ गुणा धरौटी माग गर्ने र थप अनुसन्धान गर्ने प्रवक्ता रिजालले बताए । 


कामदारको रकम फिर्ता भएन 

विभागको छापा पछि कामदारबाट लिएको चर्को शुल्क फिर्ता गर्ने प्रतिवद्दता जनाएपनि कुनै पनि आज कामदारको रकम फिर्ता नगरिएको श्रोतले बतायो । विभागको छापा पछि सबै कामदारलाई उजुरी गरेको भन्दै म्यानपावरले थर्काएको पीडितले साझा सवाललाई जानकारी दिए । छापामा आएको बिभागको टोलीले भने सबै कामदारले तोकेभन्दा बढी बुझाएको पैसा फिर्ता हुने जानकारी दिएको थियो । 


समाचार रोक्न प्रस्ताव 

यसै विच उक्त म्यानपावरले चर्को रकम अशुली गरिरहेको बारे विभागको टोलीसँग स्थलगत रिपोर्टिंगमा रहेको साझा सबाल डटकमलाई समाचार रोक्न आग्रह गरेको छ । म्यानपावरका एक व्यक्तिले गरेको उक्त प्रस्तावलाई सझासबालले सरकारले गैरकानुनी मानेको बिषयलाई लुकाउन वा यस्ता गतिविधि भएको अवस्थामा कुनै सम्झौता हुन नसक्ने बरु यस्ता गतिविधिका थप प्रमाण खोजीमा लाग्ने जानकारी दिएको छ ।

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ