२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर कम्पनीको धरौटी ६ करोड ! भोलि नै छलफल

१४ श्रावण २०७५, सोमबार १७:२२

साउन १४, काठमाडौँ | श्रम तथा रोजगार मन्त्रालयले म्यानपावरलाई मर्जरमा लैजान ६ करोडभन्दा बढीको  धरौटी पुर्‍याउने प्रस्ताव अगाडी सारेको छ । लामो समयदेखि म्यानपावरलाई टाउको दुखाई बनेको धरौटी वृद्धिको विषय म्यानपावरले सोचे भन्दा बढीको हो । व्यवसायीमा ५ करोडसम्म बढ्ने हल्ला चल्दै गर्दा सरकारले ६ करोडको प्रस्ताव अगाडी सारेपछी म्यानपावरहरु झनै झस्कने भएका छन् ।  

सरकारले म्यानपावर कम्पनीको धरौटी ६ करोड रुपैयाँ पुर्‍याउने तथा मर्ज हुन विकल्प सहित ३ महिनासम्मको समय दिने छ । वैदेशिक रोजगार ऐन, २०६४ संशोधन सहित अब उक्त मस्यौदा पास भएमा म्यानपावर कम्पनीले २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी राख्नुपर्नेछ । मस्यौदा अनुसार तीन महिनाभित्रमा म्यानपावरहरु मर्ज हुनसक्नेछन् र नभए तीन महिनाभित्र ६ करोड धरौटी बुझाउनु पर्नेछ । यस सम्बन्धि वैदेशिक रोजगार ऐन परिमार्जन गर्न विधेयक मन्त्रिपरिषदको विधेयक समितिमा पुगिसकेको छ ।

धरौटी रकम मस्यौदाको रुपमा गएकाले यस बिषयमा निर्णयले घटबढ हुनसक्ने स्रोतले बताएको छ । यसबारे मन्त्रिपरिषदको विधेयक समितिमा  श्रम मन्त्रालयका सचिवसँग भोलि नै छलफल  हुँदैछ ।

अहिलेसम्म म्यानपावर व्यवसायीले इजाजतपत्रका लागि ७ लाख नगद र २३ लाखको बैंक ग्यारेन्टी राख्दै आएका थिए । धरौटी कम हुँदा म्यानपावरहरु धमाधम खुलेपछि ठगि बढेको बताइएको छ । मर्ज भएपछि म्यानपावर आफ्नो आकारमा आउने र यसमा हुने बेथिति पनि हट्ने मन्त्रालयको विश्वास छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य