२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि विदेश जानेहरुलाई प्रहरी सिफारिस प्रदेशबाटै

२०७५, १५ श्रावण मंगलवार ००:५९

प्रेम सुनार | साउन १५, गुल्मी | श्रम रोजगार तथा सामाजिक विकास मन्त्री गोकर्णराज बिष्टे केहि दिन अघि गरेको घोषणा कार्यन्वयन आजदेखि हुने भएको छ ।  हालसम्म  विदेश जाने युवाहरुले आफ्नो चारित्रिक प्रमाणपत्र लिन राजधानीको प्रहरी प्रधान कार्यालयमा धाउँदा निकै झण्झटीलो खर्च बढि खर्चमा पर्नु पर्दथ्यो ।

त्यसबाट राहत प्रदान गर्न मन्त्री बिष्टले आजदेखिनै प्रदेश स्तरबाटै उक्त सेवा उपलव्ध गराउन निर्देशन दिएको उनका स्वकिय सचिव गणेश श्रीपालीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीमा आएको प्रहरी संगठनको परिवर्तमा भनिएको छ–‘ नेपालीहरुलाई विदेश जाने क्रममा चारित्रिक प्रमाण पत्र अहिलेसम्म प्रधान कार्यालयबाट दिदै आईएकोमा अब त्यस्तो सास्ती कसैले नपाउन भन्नका लागि प्रदेश स्तरबाटै उक्त सेवा उपलब्ध हुने छ  ।

त्यस कार्यालय मुद्धाफाँटका प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवका अनुसार ५ नम्वर प्रदेशको भैरहवाको शान्तिनगर स्थित संघिय प्रहरी कार्यालयमा  चारित्रिक प्रमाण पत्र आवेदन संकलन केन्द्र राखिने छ ।

आज साउन १५ गतेदेखि उक्त सेवा उपलव्ध हुने परिपत्रमा उल्लेख छ । प्रहरीले उक्त सेवा लिनका लागि सर्वसाधरणलाई  सार्वजानिक सुचना सहित अनुरोध गरेको छ । त्यतिका लागि ग्रामिण भेगबाट जाने युवाहरुले १५/२० हजार सम्म खर्च गर्नु पर्दथ्यो ।

बिष्टले त्यस मन्त्रालयको कार्यभार सम्हालेदेखि बैदेशिक रोजागारमा जानेहरुको हक हितमा अन्य  थुप्रै  कार्यहरु पनि सह्रानिय गरिरहेको  बैदेशिक रोजगारमा जानेहरु बताउँछन् ।

मन्त्री विष्टले बिदेशमा मृत्यु हुनेहरुलाई विमा रकम दिलाएका छन् । श्रमिकहरुको तलव बृद्धि र अवको एक वर्ष भित्रमा एक लाखलाई रोजगारी दिने तयारी भएको उनको सचिवालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण