Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाः वर्ष दिनमा ९५ प्रतिशत योजना सम्पन्न

By साझासवाल 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

चिसाङ शेर्पा | साउन १६, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा ९५ प्रतिशत योजना सम्पन्न गरेको छ । नगरपालिकाले आफ्नो १५ वडामा सबैभन्दा वढी सडक पुर्वाधारमा रहेर योजनाहरु सम्पन्न गरेको हो ।

नगरपालिकाले माशिक रुपमा गर्दै आएको ‘सुशासनका लागि मिट द प्रेस’ कार्यक्रम अन्तरगत मंगलबार दिईएको जानकारी अनुसार नगरले गएको आर्थिक वर्षमा नगरभित्र ९८.५ किलोमिटर कच्ची सडक बिस्तार, २९.६ किलोमिटर सडक चौडा, साढे २४ किलोमिटर सडक स्तरोन्नती र २५ किलोमिटर सडक मर्मत गरी सञ्चालनमा ल्याउने प्रयत्न गरेको थियो । पहिलो नगरसभाले बनाएको ५ प्रतिशत योजनाहरु भने विविध कारणवश गर्न नसकेको नगरले स्वीकारेकोे छ ।

गएको चालू आर्थिक वर्षमा नगरपालिकाभित्रका विभिन्न वडाका ७ सय ७५ घरधुरीमा खानेपानी बिस्तार, २८ वटा सिंचाई योजना सञ्चालन, ४० वटा प्लाष्टिक पोखरी निर्माण, बुईपास्थित पन्चरदोवाटोमा ६५ वटा ट्रस निर्माण भएको र त्यस बजारका लागि सार्वजनिक शौचालय र खानेपानी महिना दिनमा सञ्चालनमा ल्याईने, हाटडाडाँमा आधुनिक पशू बधशाला निर्माण, ६ वटा सामुदायिक भवन निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।

नगरपालिकाले चालू आर्थिक वर्ष ०७४/०७५मा २०५ वटा योजनाहरु सम्पन्न गरेको छ । नगरले ५ लाखभन्दा कमका १ सय ४२, पाँच लाखदेखी दश लाखसम्म ३६ र दश लाखभन्दा माथिका २७ वटा योजना सम्पन्न गरेको छ । यस्तै, दैवि प्रकोप आईपर्दा पानी संरक्षण गरेर राख्न पाइयोस भन्ने उद्देश्यले अस्पताल चोकमा १ लाख लिटरको पानी ट्याङकी र कात्र्तिक अन्तिममा सञ्चालनमा ल्याउने उद्देश्यले ब्लड बैंकको काम भईरहेको छ ।

नेर्पास्थित भुलभुलेलाई पर्यटन प्रबद्र्धनको काम सकिएको छ । भने, साप्सुढाप, नुनथलामा निर्माणाधिन ‘ला ज्याला वाङ थोप गुम्बाको बेश निर्माण, महुरेगढीमा निर्माणाधिन आँखा आकारको पोखरी निर्माण, मझुवागढी जाने बाटोको सिढी धमाधम निर्माण भईरहेको ‘सुशासनका लागि मिट द प्रेस’मा जनाइएको थियो । देशको पहिलो आवधिक नगर विकास योजना निर्माण अनुसार काम अगाडी बढाई रहेको नगरपालिकाले १५ वटा ऐन, कानुन,नियम स्थानीय राजपत्रमा प्रकाशित गरेको छ ।

चालू आर्थिक वर्षमा २०७४/०७५ मै नगर क्षेत्रभित्र ९ वटा कृषि पकेट क्षेत्र निर्धारण गरी बेशिक काम थालिएको छ । पकेट क्षेत्रमा बुईपा, बिजयखर्क, नेर्पा, दिक्तेल सोल्मा र पाथेका छन् । त्यहाँ कागती, किवि, केरा, लिची, अलैचीको पकेट क्षेत्र बनाउन सुरु गरिएको छ । नेर्पा र जालपामा दुइवटा ट्राउट माछाको रेस वे निर्माण भईरहेको छ । नगर सरसफाई, व्यवसाय दर्ता, नगर अनुगमनले यस आर्थिक वर्षमा पनि निरन्तरता पाउने मिट द प्रेसमा जानकारी दिएको थियो । माध्यमिक विद्धालयमा–इहाजिरी, मेलमिलाप लगायतका काम पनि चाडै हुने जनाइएको छ ।

तश्विरमा: सुशासनका लागि मिट द प्रेसमा नगरको प्रगती विवरण सुनाउनुहुदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल । तस्विर: चिसाङ शेर्पा,

यसैगरी, नुनथला महुरेमा ‘महुरेगढी वहुप्राविधिक शिक्षालय’ स्थापना भई फरेष्ट्री विषयका लागि विज्ञापन खुलेको तथा दिक्तेल बजारमा निकट समयमा स्थापना हुने सपिङ कम्प्लेक्सको फाईन डिपिआर तयार भएको मेयर रिजालले बताए ।

नगरपालिकाले भदौ पहिलो हप्तावाट आगामी वर्षको योजना सञ्चालन गर्ने, उपभोक्ता समिति गठन गर्ने लक्ष्य लिएको । बैशाखको पहिलो हप्तासम्म सम्झौता गर्ने र बैशाखभरी काम नै सम्पन्न गर्नेगरी आर्थिक वर्षमा कार्यक्रमहरु अगाडी बढाउने योजनका साथ नगरपालिका अगाडी बढीरहेको छ ।