२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पुर्व-पश्चिम महेन्द्र राजमार्गमा पार्किङ्ग शुल्कका नाममा अबैध असुली

२०७५, १६ श्रावण बुधबार ०४:०५

पुष्कर भट्ट | साउन १६, कञ्चनपुर | देशकै पश्चिमी नाका गड्डाचौकी हुदै नेपाल भित्रिने भारतिय तथा बाह्य पर्यटक बाट भिमदत्त नगरपालिकाबाट बजार क्षेत्रको पार्किङ्ग शुल्क उठाउने जिम्मा लिएका ठेकेदारले भन्सार गेट पुग्नुभन्दा पहिले नै महेन्द्र राजमार्गमै पार्किङ्ग शुल्कमा नाममा बाह्य पर्यटकबाट अबैध रुपमा पैसा असुल्न थालेका छन । 

भिमदत्त नगरपालिका बाट बिदेशी सवारी साधन महेन्द्रनगर बजार को पार्किङ्ग क्षेत्रमा प्रबेश गरे बाफत लिईने शुल्कको ठेक्का बालाजी पवन दिप निर्माण सेवा का संचालक लिलाधर भट्ट ले पाएका थिए । उनको पार्किङ्ग शुल्क उठाउने क्षेत्राधिकार बजार क्षेत्र प्रबेश गरि सके पछि मात्र थियो तर ठेकेदार भट्ट आफनो क्षेत्राधिकार बाहिर गएर पार्किङ्ग शुल्क का नाममा साना गाडी बाट १सय ६० रुपैया र ठुला गाडी बाट ४ सय ८० रुपैया का दरले अबैध रकर असुली गरि रहेका छन । प्रहरी कै अगाडी ठेकेदार ले यसरी मनोमानी ढंग ले पैसा असुल्दा प्रहरी मुखदर्शक बनेर बसेको छ । भारत का बिभिन्न शहर बाट नेपाल भ्रमण का लागी आएका पर्यटक ले राजमार्गमा पार्किङ्ग शुल्क का नाममा रकम असुल्न नमिल्ने हो भन्दै दुखेसो पोखेका छन । 

ठेकेदार ले यति सम्मपनि गरेका छन कि नेपाल भित्रिने गाडीमात्र संग नभई नेपाल बाट बाहिरिने सवारी साधन बाट पनि पार्किङ्ग शुल्क का नाममा रकम असुली गरेको छ । भैरहवा बाट महेन्द्रनगर पुग्दा कुनै पनि नगरपालीका मा पस्दा पार्किङ्ग शुल्क का नाममा रुपैया खर्च नभएको तर भिमदत्त नगरपालिका प्रबेश गरे पछि आफुबाट ठेकेदार ले पार्किङ्ग शुल्कका नाममा ४ सय ८० रुपैया असुल गरेको दिल्ली भ्रमण मा जाने नेपाली पर्यटक श्याम गुप्ता बताउछन । ठेकेदार लिलाधर भट्ट भिमदत्त नगरपालिकाले आफुलाई नगरपालिका को १९ बटै वार्डमा पार्किङ्ग शुल्क कर उठाउने अधिकार दिएको बताउछन । गड्डाचौकी ईलाका प्रहरी कार्यालय का प्रमुख प्रहरी सहायक निरीक्षक डिकर देव पन्त ले भन्सार ब्यारीयल भन्दा पहिले नै यसरी रकम असुल्न नमिल्ने बताउछन । भिमदत्त नगरपालिका का नगर प्रमुख सुरेन्द्र बिष्ट ले भन्सार ब्यारीयल भन्दा पहिले र राजमार्गमा ठेकेदार ले पार्किङ्ग शुल्क लिन नमिल्ने बताउछन । 

यसै असार को अन्तिम साता बिदेशी सवारी साधन महेन्द्रनगर बजार को पार्किङ्ग क्षेत्रमा प्रबेश गरे बाफत लिईने शुल्कको ठेक्का बालाजी पवन दिप निर्माण सेवा ले भ्याट सहित ३७ लाख १० हजार रुपैया मा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा