2026-09-04 03:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धरौटीको बिषयलाई लिएर म्यानपावर व्यवसायीहरुको भेलामै यस्तो लफडा (भिडियो सहित)

साउन १६, काठमाडौँ | सरकारले म्यानपावर धरौटी ६ करोड राख्ने गरि मस्यौदा बुझाएको समाचारसंगै आक्रोशित म्यानपावर व्यवसायीहरुको भेला काठमाडौँमा जारी छ |

जारी भेलामा केहि बेर अघि नेपाल बैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष रोहन गुरुङले मन्तब्य राख्ने क्रममा कांग्रेस निकाल व्यावसायीबाट चर्को आलोचना सहित नाराबाजी भएपछी कार्यक्रम समेत प्रभावित भएको थियो | गुरूङ तात्कालिन एमाले निकट व्यवसायी हुन् । यस अघि पनि कांग्रेस निकट लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमले बैदेशिक रोजगार व्यवसायी संघको वर्तमान नेतृत्वको बिषयमा कुरा गर्न छुट्टै भेला दियालो फुडल्याण्डमा गरेको थियो |

आज जारी भेला हो-हल्ला र बिरोधका बाबजुत अहिले बिभिन्न व्यवसायीहरुले आ-आफ्नो कुरा राख्ने क्रममा छन् | 

भेलामा कांग्रेस पक्षले वर्तमान अध्यक्ष गुरुङको राजीनामा माग गरेको छ । बिपक्षी व्यवसायीहरूले अध्यक्ष गुरुङले व्यवसायी हितमा काम गर्न नसकेको र सरकारले पेल्न खोजेको अारोप लगाएका छन् ।नेतृत्वको परिवर्तनको बिषयमा कांग्रेस निकटले माग गरेपनी धरौटी बढेको बिषयमा भने अधिकांश व्यवसायीहरुले बिरोध गरेका छन् । उनीहरु ६ करोड धरौटी पुर्‍याउने प्रस्तावका विरुद्धमा म्यानपावर कम्पनीनै बन्द गरेर लाइसेन्स सरकारलाई नै बुझाउने पक्षमा छन् ।

म्यानपावर व्यवसायीहरुले धरौटी रकम ३० लाख भन्दा बढी बनाए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

सरकारले म्यानपावरहरुको धरौटी बढाएर ६ करोड पुर्याउने निर्णय लिएसंगै आज वृहत भेलाबाट निर्णय गरेर सरकारलाई नै म्यानपावर इजाजतपत्र ‘लाइसेन्स’ बुझाउने निर्णय गर्ने तयारीमा छन् ।

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ