२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा आँखा पाक्ने रोगका बिरामी बढे, कसरी बच्ने ?

२०७५, १७ श्रावण बिहीबार ०८:०९

साउन १७, तुलसीपुर | राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् । केही दिनयता आँखा पाक्ने रोगका बिरामीको संख्या दोब्बर बढेको अस्पतालले जनाएको छ । यसअघि दैनिक २०० देखि २५० सम्म बिरामी आउने गरेकोमा हाल ३५० देखि ४०० सम्म विभिन्न आँखासम्बन्धी समस्या भएका बिरामी अस्पतालमा स्वास्थ्य परिक्षण गर्न आउने गरेका अस्पतालका नेत्र अधिकृत शालीकराम गौतमले जानकारी दिनुभयो । 

मौसम परिवर्तनसँगै आँखा पाक्ने, आँखा रातो हुने, चिलाउने र बिझाउनेलगायतका समस्या लिएर आँखाका बिरामी अस्पतालमा आउने गरेका छन् । 

गौतमले भन्नुभयो “केही दिनयता आँखा पाक्ने बिरामीको संख्या बढेको छ, जसमा दुई प्रकारको संक्रमण देखिएको छ ।” ब्याक्ट्रेरियल संक्रमणमा आँखा रातो हुने, चिप्रा लाग्ने र चिलाउने लक्षण देखिन्छ । यो छिटो निको हुन्छ । 

भाइरल संक्रमणमा आँखा रातो हुने बिझाउने, घाममा हेर्न अफ्ठ्यारो हुने लक्षण देखिने र यो सञ्चो हुन केही दिन लाग्ने उहाँले बताउनुभयो । विशेष गरी ब्याट्रेरियल संक्रमणले आँखामा त्यति धेरै असर गर्दैन । तर, भाइरल संक्रमणले आँखाको नानी नै असर पार्ने र दृष्टि गुम्न सक्ने खतरा भएकाले त्यस्तो लक्षण देख्नासाथ तुरुन्तै नजिकको आँखा उपचार केन्द्र पुगेर उपचार गराउन चिकित्सकले सुझाव दिएका छन् । 

आँखाजस्तो संवेदनशील अंगको स्वास्थ्यमा लापर्वाही नगर्न अस्पतालले सबैसँग आग्रह गरेको छ । “आँखाको समस्या देखिनासाथ अस्पतालमा आउने आँखाका बिरामीलाई आग्रह गर्दछौँ,” नेत्र विशेषज्ञ डा सुरेश रसाइलीले भन्नुभयो । 

उहाँले आँखा पाक्ने रोगबाट बच्न रोगीले प्रयोग गरेको औषधि, रुमाल, टेबल प्रयोग नगर्ने, दैनिक चार÷पाँच पटक चिसोपानीले आँखा सफा गर्ने, फोहर पानीले आँखा तथा मुख नधुने हो भने आँखा पाक्ने रोगबाट केही हदसम्म बच्न सकिने बताउनुभयो । 

हाल आएर केही बिरामीले आफूखुशी औषधि प्रयोग गर्ने र देवी देउता लागेको भन्दै घरमा झारफुक गर्ने चलन भएकाले त्यस्तो विधि नअपनाउन चिकित्सकले सुझाव दिएका छन् । समस्या देखिने बित्तिकै अस्पताल तथा उपचार केन्द्रमा आउन बिरामीलाई अस्पतालले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै