लोकेन्द्र प्रसाद जोशी | साउन १७, दार्चुला । दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर १ बुदिमा महाकाली नदी तर्नेक्रममा एक युवक बगेर बेपत्ता भएको छ ।
बेपत्ता हुनेमा ब्यास गाउँपालिका वडा नम्बर २ स्याँकु बस्ने नन्दु धामीको छोरा अन्दाजी १८ बर्षिय रबि धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बिहिबार बिहान ८ बजेतिर बुदिबाट महाकाली तरेर भारत जाने क्रममा धामी नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाउँनेबित्तिकै प्रहरी चौकी सितापुलबाट प्रहरी टोली घटनास्थल गएर खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नबराज अधिकारीले जानकारी दिनुभयो ।