२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदीय समितिमा रहने सांसदको नाम अनुमोदन

२०७५, १७ श्रावण बिहीबार १३:०६

साउन १७, काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकले संसद्का विषयगत विभिन्न १० वटा समितिमा रहनुहुने सांसदको नाम अनुमोदन गरेको छ । 

सभामुख कृष्णबहादुर महराले समितिमा रहनुहुने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेपछि बैठकले उक्त नाम बहुमतले अनुमोदन गरेको हो । 

जसअनुसार अर्थ समितिमा किशोरसिंह राठौर, तुल्सी थापा, घनश्याम भुसाल, चूँडामणि खड्का, जयकुमार राई, जुलीकुमारी महतो, नीरादेवी जैरु, प्रमीला राई, डा बाबुराम भट्टराई, महन्थ ठाकुर, महेश बस्नेत, मेटमणि चौधरी, मोतीलाल दुगड, रामकुमारी झाँक्री, रामबाबुकुमार यादव, विजयकुमार गच्छदार, विष्णुप्रसाद पौडेल, शशांक कोइराला, श्यामकुमार श्रेष्ठ, सत्य पहाडी, सरवत आरा खानम, सुरेन्द्रप्रसाद पाण्डे, हरिराज अधिकारी, हेमकुमार राई र ज्ञानेन्द्रबहादुर कार्की रहनुभएको छ ।   

यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अग्निप्रसाद सापकोटा, उमा रेग्मी, चाँदतारा कुमारी, दिव्यमणि राजभण्डारी, दीपक प्रकाश भट्ट, नारदमुनि राना, डा नारायण खड्का, निर्जला राउत, पुष्पा भुसाल (गौतम), प्रकाशमान सिंह, प्रदीप गिरी, प्रेमप्रसाद तुलाचन, भीमबहादुर रावल, माधवकुमार नेपाल, मोहन बानिया, रेनुका गुरुङ, विनाकुमारी श्रेष्ठ, बोधमाया कुमारी यादव, सरलाकुमारी यादव, सरिता गिरी, सानु सिवा, सुजाता कोइराला, सुजीता शाक्य, सुदन किराती र सुरेन्द्रकुमार कार्की रहनुभएको छ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिमा अभिषेकप्रताप शाह, अमृता देवी अग्रहरी, कृष्णकुमार श्रेष्ठ, गोपालबहादुर बम, जयपुरी घर्ती, दील कुमारी, दुर्गाकुमारी विश्वकर्मा, देवेन्द्र पौडेल, नरबहादुर धामी, नवराज रावत, प्रकाश रसाईली (स्नेही), प्रदीप यादव, प्रमोदकुमार यादव, प्रमोद साह, भीमसेन दास प्रधान, मुकुन्द न्यौपाने, मोहम्मद आफताव आलम, रामवीर मानन्धर, लालप्रसाद साँवा लिम्बू, विन्दा पाण्डे, सरिताकुमारी गिरी, सुजाता परियार, सोमप्रसाद पाण्डेय र हीराचन्द्र केसी रहनुभएको छ ।   

त्यस्तै कानून, न्याय तथा मानव अधिकार समितिमा अतहरकमाल मुसलमान, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा, कृष्णभक्त पोख्रेल, गोमा देवकोटा, देवप्रसाद गुरुङ, देवप्रसाद तिमलसेना, पदम गिरी, पदमनारायण चौधरी (थारु), बालकृष्ण खाँण, महेन्द्रकुमारी लिम्बू, मायादेवी न्यौपाने, मीनबहादुर विश्वकर्मा, रवीन्द्र राज शर्मा, राजेन्द्रप्रसाद गौतम, रामेश्वर राय यादव, लक्ष्मण लाल कर्ण, लालबहादुर थापा, विष्णु शर्मा, शशि श्रेष्ठ, समीना हुसेन, सुवासचन्द्र नेम्वाङ र सञ्जयकुमार गौतम हुनुहुन्छ । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ओनसरी घर्ती, कृष्णप्रसाद दाहाल, घनश्याम खतिवडा, शन्द्रकान्त चौधरी, छविलाल विश्वकर्मा, दलबहादुर राना, नागेन्द्र कुमार, पूर्णकुमारी सुवेदी, पोल्देन छोपाङ गुरुङ, भवानीप्रसाद खापुङ, भूपेन्द्रबहादुर थापा, भूमिप्रसाद त्रिपाठी, राजबहादुर बुढाक्षेत्री, राधाकुमारी ज्ञवाली, रेनुकुमारी यादव, लालकाजी गुरूङ, शान्ता चौधरी, शान्तीमाया तामाङ पाख्रीन, सत्यनारायण शर्मा खनाल, सीतादेवी यादव, सुरेशचन्द्र दास, सूर्यनारायण यादव, स्मृतिनारायण चौधरी, हरिवोलप्रसाद गजुरेल र ज्ञानकुमारी छन्त्याल रहनुभएको छ । 

महिला तथा सामाजिक समितिमा अमृता थापा, कर्मा घले, कलिला खातुन, कुमारी मेचे, कृष्णबहादुर राई, खेमप्रसाद लोहनी, गणेशसिंह ठगुन्ना, गंगा चौधरी (सत्गौवा), दुर्गबहादुर रावत, ध्रुवकुमार शाही, नन्दलाल रोका क्षेत्री, नरमाया ढकाल, नारायणप्रसाद खतिवडा, पवित्रा निरौला (खरेल), पार्वत गुरुङ, विमला नेपाली, विमला विक, रानी मण्डल, रुही नाज, लक्ष्मी परियार, शिवकुमार मण्डल (केवट), सीताराम महतो, सूर्यबहादुर केसी र हीरा गुरूङ रहनुभएको छ ।   

राज्य व्यवस्था तथा सुशासन समितिमा अमरेशकुमार सिंह, कृष्णगोपाल श्रेष्ठ, छक्कबहादुर लामा, जनार्दन शर्मा, झपटबहादुर रावल, डीला संग्रौला (पन्त), तीर्था गौतम, दीलेन्द्रप्रसाद बडू, देवेन्द्रराज कँडेल, नवराज सिलवाल, पम्फा भुसाल, पुष्पकमल दाहाल (प्रचण्ड), प्रेम सुवाल, विजय सुब्बा, विनोदकुमार चौधरी, वृजेशकुमार गुप्ता, भानुभक्त ढकाल, महेश्वरजंग गहतराज (अथक), मीना पाण्डे, यशोदा गुरुङ सुवेदी, राजकिशोर यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, राजेन्द्र महतो, रामसहायप्रसाद यादव, रेखा शर्मा र लक्ष्मीकुमारी चौधरी हुनुहुन्छ । 

यसैगरी विकास तथा प्रविधि समितिमा अनिलकुमार झा, आशा कुमारी विक, इन्दुकुमारी शर्मा, कमला रोका, कल्याणीकुमारी खड्का, केदार सिग्देल, गणेशकुमार पहाडी, गौरी शंकर चौधरी, जीप छिरिङ लामा, झलनाथ खनाल, टेकबहादुर बस्नेत, टोपबहादुर रायमाझी, दामोदर भण्डारी, दुर्गा पौडेल, निरुदेवी पाल, प्रभु साह, महीन्द्रराय यादव, मिनाक्षी झा, यज्ञराज सुनुवार, रगंमती शाही, राजेन्द्रकुमार राई, राजेन्द्रप्रसाद लिङ्देन, रामबहादुर विष्ट, लीलानाथ श्रेष्ठ, बहादुर सिंह लामा (तमाङ), शेरबहादुर देउवा र हरिनारायणप्रसाद साह रौनियार रहनुभएको छ । 

शिक्षा तथा स्वास्थ्य समितिमा अञ्जना विशंखे, उमाकान्त चौधरी, उमेश श्रेष्ठ, एकवाल मियाँ, खगराज अधिकारी, गगनकुमार थापा, गजेन्द्रबहादुर महत, चित्रलेखा यादव, जीवनराम श्रेष्ठ, तीलबहादुर महत क्षेत्री, दुलारी देवी खत्वेनी, नवीना लामा, नमिताकुमारी चौधरी, नारायणप्रसाद मरासिनी, भैरवबहादुर सिंह, मनकुमारी जिसी, मानबहादुर विश्वकर्मा, योगेशकुमार भट्टराई, रेखा कुमारी, सन्तकुमार थारु, सरिता न्यौपाने, सुरेन्द्रकुमार यादव, सुरेशकुमार राई र हितबहादुर तामाङ हुनुहुन्छ ।   

त्यस्तै सार्वजनिक लेखा समितिमा अमनलाल मोदी, कृष्णलाल महर्जन, गंगाबहादुर तामाङ, चन्दा चौधरी, तेजुलाल चौधरी, धर्माशीला चापागाईं, पार्वता डिसी (चौधरी), पार्वतीकुमारी विशुन्के, पुष्पाकुमारी कर्ण कायस्त, प्रेमबहादुर आले, विमलप्रसाद श्रीवास्तव, भरतकुमार शाह, मीना सुब्बा, मीनेन्द्रप्रसाद रिजाल, मैनाकुमारी भण्डारी, मोहन आचार्य, यज्ञबहादुर बोगटी, राजेन्द्रकुमार केसी, लेखराज भट्ट, वसन्तकुमार नेम्वाङ, विना देवी बुढाथोकी, विमला विश्वकर्मा, विरोध खतिवडा, विशाल भट्टराई, शरतसिंह भण्डारी, सूर्यप्रसाद पाठक र हृदयेश त्रिपाठी रहनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने