२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

वडामै भत्ता पाउँदा ज्येष्ठ नागरिकको झन्झट हट्यो

१८ श्रावण २०७५, शुक्रबार ०५:३८

साउन १८, कञ्चनपुर | वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि स्थानीय शुक्लाफाँटा नगपालिका–३ का कल्छु डगौरा टाढाको बैंकसम्म जानपर्ने झन्झटबाट मुक्त हुनुभएको छ । 

भत्ता बुझ्नका लागि सात किलोमिटर टाढाको बैंकसम्म पुग्नका लागि निकै सास्ती खेप्नु पर्दथ्यो, विगत सम्झदै उहाँले भन्नुभयो, “घर नजिकैको वडा कार्यालयबाट भत्ताको रकम पाउन थालेपछि निकै सहज भएको छ ।” 

‘दुई घण्टा पैदल हिंडेर बैंक पुग्न पुग्नुपर्ने झन्झट अब भएन’, अर्का स्थानीयवासी पुरन चौधरीले भन्नुभयो, “बैंकमा जस्तो लाइनमा बस्नुपर्ने अवस्था पनि छैन, वडा कार्यालयबाटै भत्ता रकम पाइन्छ ।” 

ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, विधवा महिलालाई अहिले बैंकमार्फत नगरपालिकाले वडा कार्यालयमा सामाजिक सुरक्षाको रकम वितरण गर्ने व्यस्था मिलाएको हो । 

नगरपालिकाले आव ०७४÷७५ मा रु सात करोड ८७ लाख ९३ हजार ६०० रकम सामाजिक सुरक्षा भत्तावापत वितरण गरेको छ । ज्येष्ठ नागरिक दलित ५६१ जनालाई रु ६७ लाख ३२ हजार, ज्येष्ठ नागरिक एक हजार ५९१ जनालाई रु एक करोड ९० लाख ९२ हजार, विधवा एक हजार ६१० जनालाई रु एक करोड ९३ लाख २० हजार रकम वितरण गरिसकेको छ । 

यसैगरी, पूर्ण अपांगता भएका १९३ जनालाई रु २७ लाख १२ हजार, अति असक्त अपांगता भएका १४३ जनालाई रु १० लाख २९ हजार ६००, पाँच बर्ष मुनिका दलित बालबालिकालाई पोषण भत्ता ७७४ जनालाई रु ३३ लाख ८८ हजार र ज्येष्ठ नागरिक औषधि उपचार भत्ता दुई हजार १३३ जनालाई रु दुई करोड ५५ लाख ९६ हजार रकम वितरण गरिएको छ । 

भत्ताको रकम वितरणको कार्यलाई घर दैलोमै पुर्याउनका लागि योजना बनाइरहेका छौँ नगर प्रमुख दिलबहादुर ऐरले भन्नुभयो, “घरघरमै भत्ताको रकम वितरणको कार्य गरिएपछि ज्येष्ठ नागिरकलाई सहजरुपमा सेवा पुर्याएको महसुस हुनेछ ।” 

टाढाको बैंकसम्म जानुभन्दा वडामै भत्ताको रकम वितरणको व्यवस्थाले केही सहज भएको उहाँको भनाइ थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै