२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार व्यवसायी र प्रधानमन्त्री विच भेटवार्ता, धरौटीको विषयमा केन्द्रित

२०७५, १८ श्रावण शुक्रबार ०७:५८

साउन १८ काठमाडौँ । बैदेशिक रोजगार व्यवसायी र प्रधानमन्त्री केपी शर्मा ओली विच भेटवार्ता भएको छ । बैदेशिक रोजगार क्षेत्रका देखिएका समस्या समाधानका लागि पहल स्वरूप आज नेपाल बैदेशिक रोजगार व्यवसायी सघको अगुवाइमा म्यानपावर व्यवसायी र प्रधानमन्त्री विच छलफल भएको हो ।

छलफलमा म्यानपावर व्यवसायीले सरकारले एकतर्फी धरौटी रकम बढाएर ६ करोड पुर्याउन लागेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका संघका महासचिव नरेश गेलानले जानकारी दिए । धरौटी बढाएर मात्र समस्या समाधान नहुने बरु बैदेशिक रोजगार ऐन २०६४ मा देखिएका समस्यालाई समाधान गर्न ऐन संसोधन गर्नुपर्नेमा जोड दिइएको उनले बताए ।  

छलफलमा व्यवसायीले लिन पाउने सेवा शुल्क, इम्प्लोइमेन्ट करारको आधारमा अन्तिम श्रम स्वीकृति लिन पाउने व्यवस्था गर्न र दुई देश विच समान तलब तोकिनुपर्ने विषय व्यवसायीका तर्फबाट माग गरिएको गेलानले बताए।

श्रम मन्त्रालय र व्यवसायी संघ विच समन्वय गरेर धरौटीको विषय टुंग्याउनु पर्नेमा प्रधानमन्त्रीले छलफलमा जोड दिएको महासचिव गेलानले जानकारी दिए । 

यस अघि म्यानपावर व्यवसायीले धरौटी रकम बढाउने पस्ताव तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका थिए । बुधबार काठमाडौंमा भएको म्यानपावर व्यवसायीको वृहत भेलाले प्रस्ताव धरौटी बढाउने पस्ताव फिर्ता नलिए म्यानपावरको इजाजतपत्र (लाइसेन्स) सरकारलाई नै बुझाउने निर्णय सहित संकल्प पस्ताव पारित गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना