२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२१ अर्ब ८० करोड राजश्व संकलन

२०७५, १८ श्रावण शुक्रबार १०:३९

साउन १८, चितवन | आन्तरिक राजश्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०७४÷७५ मा रु २१ अर्ब ८० करोड ५२ लाख दुई हजार राजश्व संकलन गरेको छ । 

रु १८ अर्ब ८० करोड ७८ लाख दुई हजार राजश्व अन्तःशुल्कबाट संकलन भएको हो । 

अन्तःशुल्कमा मदिरासँगै चुरोट, सूर्ती, सिमेन्ट र रंग पर्दछन् । मदिराबाहेक अन्यबाट रु एक अर्बभन्दा कम राजश्व संकलन भएको कार्यालय प्रमुख थानप्रसाद पंगेनीले जानकारी दिनुभयो । 

आन्तरिक राजश्व कार्यालय भरतपुरले चितवन र नवलपुर (पूर्वी नवलपरासी) जिल्ला हेर्दै आएको छ । दुई जिल्लामा १२ मदिराजन्य उद्योग छन् । चितवनमा तीन बियर र तीन मदिरा उद्योग छन् । नवलपुरमा चार मदिरा तथा दुई बियर उद्योग छन् । नवलपुरमा रहेको गोर्खा ब्रुअरीले सबैभन्दा धेरै रु नौ अर्ब सात करोड ४८ लाख राजश्व बुझाएको छ । ब्रुअरीले काल्र्सवर्ग, टुबर्ग, सानमिगल, हिमालयन ड्रागन बियरको बोतल तथा क्यान उत्पादन गर्दछ । 

गत आवमा अन्तःशुल्कबाहेकका क्षेत्रबाट रु दुई अर्ब ९९ करोड ७४ लाख २० हजार राजश्व संकलन भएको छ । कार्यालयले गत आवमा स्वास्थ्य सेवा शुल्कतर्फ रु छ करोड २९ लाख १० हजार, आयकरतर्फ रु एक अर्ब ५६ करोड ५८ लाख नौ हजार, घर बहाल करतर्फ रु ११ करोड २४ लाख ८९ हजार, व्याज करतर्फ रु आठ करोड ९२ लाख ९१ हजार, मूल्यअभिवृद्धि करतर्फ रु एक अर्ब १४ करोड एक लाख ६२ हजार तथा शिक्षा सेवा करतर्फ रु दुई करोड ६० लाख ६२ हजार राजश्व संकलन गरेको छ । 

उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ प्रदेश नं ३ का उपाध्यक्ष राजन गौतम यस क्षेत्रमा मदिराबाहेक अन्य ठूला उद्योग नहुनु र करको दायरामा आउने संख्या कम हुँदा अन्य क्षेत्रबाट राजश्व कम संकलन भएको बताउनुहुन्छ । कर नबुझाउनेको संख्या अत्यधिक रहेको उहाँको भनाइ छ । पचास प्रतिशतभन्दा बढी साना उद्योग सञ्चालक करको दायरामा नआएको गौतमले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ