२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका विद्यार्थीलाई पढाइमा सास्ती

१९ श्रावण २०७५, शनिबार ०५:५०

साउन १९, रोल्पा | विद्यालयमा राम्रो पढाइ नभएपछि रोल्पाको ग्रामीण क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी ट्यूशन पढ्न सदरमुकाम धाउन बाध्य भएका छन् । 

विद्यालयले समयमै पढार्ई पूरा नगर्ने तथा योग्य शिक्षकको व्यवस्था नगर्दा थप रकम खर्च गरेर ट्यूशन पढ्न बाध्य भएको गुनासो सम्बद्ध विद्यार्थीहरूको छ । 

विद्यालयले वर्षे बिदा दिएसँगै ट्यूशन पढ्न आउने विद्यार्थीका कारण यतिबेला सदरमुकाममा रहेका कोचीङ सेन्टर भरिभराउ देखिएका छन् । जिल्ला सदरमुकाममा सञ्चालित चार कोचीङ सेन्टरले बिहानी तथा दिवा कक्षामा सयौँ विद्यार्थीलाई पढाइ रहेका छन् । 

“विद्यालयमा कहिल्यै पढाइ पूरा हुँदैन, परीक्षामा भने सबै पाठबाट प्रश्न आउँदा आफुहरूको परिणाम कमजोर हुनसक्ने आशंकाले एक महिना सदरमुकाम बसेर ट्यूशन पढ्दैछु” त्रिवेणी गाउँपालिका नुवागाउँकी विमला पुनले भन्नुभयो । विद्यालयमा कोचीङ पढाउने व्यवस्था नभएकाले खर्च बोकेर सदरमुकाम आउनुपरेको उहाँको गुनासो थियो । 

वर्षे बिदाको खाली समय बिताउन सजिलो हुने थप ज्ञान पनि आर्जन हुने भएकाले गाउँबाट ट्यूशन पढ्न सदरमुकाम आएको परिवर्तन गाउँपालिका इरिवाङकी दीक्षा डाँगीले बताउनुभयो । विद्यालयमा पढाएको बुझ्न गाह्रो भएकाले सदरमुकाम आइ ट्यूशन पढ्न बाध्य भएको त्रिवेणी गाउँपालिका गैरीगाउँकी जीतकुमारी डाँगीको भनाइ थियो । 

ग्रामीण क्षेत्रका विद्यालय अध्ययन गरेका अधिकांश विद्यार्थीको पढाइको स्तर कमजोर देखिएको गोल्डेन ट्यूशन सेन्टरका शिक्षक पृथ्वी डाँगीले जानकारी दिनुभयो । आफूले कक्षा ८, ९, १० र एसइईका करीब ५०० विद्यार्थी पढाइरहेको उहाँको भनाइ थियो 

सामुदायिक विद्यालय खुल्नेभन्दा धेरै दिन बन्द हुननाका साथै कहिले शिक्षक नहुने, समयमा पाठ्यपुस्तक नपुग्ने तथा विभिन्न बहानामा विद्यालय बन्द भइरहँदा पढाइ सुधार हुन नसकेको विद्यार्थीहरूको गुनासो थियो । 

जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा दरबन्दीअनुसारको शिक्षक अभाब छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य