2026-09-03 05:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

प्रतिकूल मौसमका कारण दैनिक पचास प्रतिशत उडान रद्ध

रामचन्द्र न्यौपाने | साउन १९, डोल्पा | केही दिनदेखि निरन्तरको वर्षात्का कारण विभिन्न जिल्ला जोड्ने सडक यातायात तथा र हवाई उडान अवरुद्ध हुँदा हजारौँ यात्रु मर्कामा परेका छन् । 

झण्डै डेढ महिनादेखि नेपालगञ्ज विमानस्थलदेखि पहाडी जिल्लामा हुने ५० प्रतिशतभन्दा धेरै उडान रद्द हुने गरेको छ । निरन्तर वर्षा र बाग्लो हुस्सुका कारण पश्चिम भेगका हवाई उडान प्रभावित हुँदै आएको नेपालगञ्ज विमानस्थलका उपप्रमुख विष्णु अधिकारीले बताउनुभयो । 

“अहिले नेपालगञ्ज विमानस्थलमा विभिन्न एयरलाइन्सका छवटा जहाज छन्, एउटा जहाजले दैनिक पाँचवटासम्म उडान भर्छन् तर आजभोलि मुश्किलले जम्मा १०÷१२ वटासम्म उडान हुन्छ” उहाँले भन्नुभयो । “हवाई उडान अनियमित हुनुमा बिग्रदो मौसम नै हो” उहाँले भन्नुभयो । 

मौसमकै कारणले नेपालगञ्ज विमानस्थलदेखि उडान भइसकेका जहाजसमेत विमानस्थलमा अवतरण गर्न नसकेर फर्कने गरेको उहाँले बताउनुभयो । आज मात्र जुम्ला, हुम्ला, मुगु, बाजुरालगायतका विमानस्थलमा केही उडान भएको नेपालगञ्ज विमानस्थलले जनाएको छ । 

दैनिक ५० प्रतिशतसम्म उडान रद्द हुने गरेपछि पश्चिमका सिमिकोट, जुफाल, जुम्ला, ताल्चालगायतका विमानस्थलमा यात्रु अलपत्र परेका छन् । विमानस्थलमा दैनिक यात्रु थपिने तर उडान भने नहुने भएपछि यात्रुको चाप बढ्दै गएको छ । 

राष्ट्रिय सडक सञ्जालको पहुँच पुग्न नसकेका डोल्पा र हुम्लाका विमानस्थलमा यात्रुको चाप दिन प्रतिदिन बढेको छ । जोखिमपूर्ण पैदलयात्राका कारण सर्वसाधारण जहाजबाटै गन्तव्यसम्म पुग्न खोज्ने गरेकाले डोल्पा र हुम्ला विमानस्थलमा यात्रुको चाप अन्य विमानस्थलको तुलनामा धेरै हुने गरेको हो । 

कर्णालीका विमानस्थलमा हवाई उडान अनियमित हुने गरेपछि हजारौँ यात्रु विमानस्थलमै अलपत्र परेका छन् । नेपालगञ्ज विमानस्थलदेखि जुम्ला, डोल्पा, हुम्ला, बझाङ, मुग र बाजुराका विमानस्थलमा उडान हुने गर्दछ । यस विमानस्थलबाट तारा, समिट, सीता, नेपाल एयरलाइन्सलगायतका निजी तथा सरकारी विमान कम्पनीले उडान भर्दै आएका छन् । 

अवतरण नगरेरै फर्किन्छन् जहाज 

केही दिनयता प्रतिकूल मौसमका कारण नेपालगञ्जबाट उडिसकेका जहाज पनि अवतरण नगरेरै फर्कने गरेका छन् । आजभोलि जहाज उडान भए पनि उडान भएको केही समयभित्रै बाग्लो हुस्सुले हवाई रुट बन्द भएपछि पहाडी जिल्लाका विमानस्थल पुगेका जहाज पनि अवतरण नगरेरै बीचबाटै फर्किने गरेको विमान कम्पनीहरुले जनाएका छन् । साथै क्षणभरमै विमानस्थल पूरै हुस्सुले ढाक्ने गरेको छ । 

शुक्रबार बिहान मात्रै नेपालगञ्ज विमानस्थलदेखि कर्णालीका विभिन्न विमानस्थलका लागि उडेका तारा एयरको जहाज अवतरण गर्न नसकेरै फर्केका थिए । 

जुफाल विमानस्थल पाँच दिनदेखि बन्द 

डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल विमानस्थल पाँच दिनदेखि बन्द भएको छ । खराब मौसमका कारण दैनिक हवाई उडान अवरुद्ध हुने गरेपछि पाँच दिनदेखि एउटा पनि उडान हुन सकेको छैन । 

मौसम बिग्रदै गएका कारण आजभोलि आठ÷दश दिनमा तीन–चारवटा उडान मात्रै हुने गरेको जुफालमा उडान भर्दै आएका विमान कम्पनीले जानकारी दिएका छन् । जुफाल विमानस्थलमा जहाज आउन छाडेपछि कतिपय सर्वसाधारण जोखिमपूर्ण पैदलयात्रा गरेर गन्तव्यमा पुग्न बाध्य भएका छन् । 

जहाज आउन छाडेपछि जुफालमा कतिपय बिरामी, वृद्धवृद्धा अलपत्र परेका छन् । “दैनिक बिहान विमानस्थल आउछौँ तर जहाज आउँदैन्, निराश भएर घर फर्किनु परेको छ’’ त्रिपुरासुन्दरी नगरपालिका–१ की भावना कठायतले गुनासो गर्नुभयो । 

पाँच दिनदेखि जहाज नआएकाले जुफाल विमानस्थलमा यात्रुको चाप दिन प्रतिदिन बढ्दै गएको तारा एयर डोल्पाका कर्मचारी लंक भण्डारीले जानकारी दिनुभयो । जुफाल विमानस्थलमा जहाजको पर्खाइमा बसेका सबै यात्रुलाई उडाउन एकैचोटी चार÷पाँचवटा उडान आवश्यक पर्ने भण्डारीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही