2026-09-14 05:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा बालकको कानमा लगाएको मुन्द्रा चोर्ने पक्राउ

टेकेन्द्र बोहरा | साउन २०, बझाङ | बझाङको सदरमुकाम चैनपुरमा ६ वर्षीय बालकको कानमा लगाएका मुन्द्रा चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई प्रक्राउ गरेको छ ।

जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर ४ का ओमजंगबहादुर बोहराका ६ वर्षीय छोरा अभि भनिने अभय बोहराको कानमा लगाएको मुन्द्रा चोरी गर्ने जयपृथ्वी नगरपालिका १० का १५ वर्षीय कुबेर रसाइलीलाई प्रहरीले प्रक्राउ गरेको हो ।

गएको बिहीबार घर नजिकै खेली रहेको अवस्थामा ६ वर्षीय बालकलाई फकाएर रसाइलीले बालकले कानमा लगाएको मुन्द्रा चोरी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरमा बालकको मुन्द्रा हराएको थाहा भएपछि खोजी गर्दै जाँदा ६ वर्षीय बालक अभयका बाजे ललित बोहरा र स्थानियवासीको सहयोगमा रसाइलीलाई प्रक्राउ गरी प्रहरीको जिम्मा लगाएको वडा प्रहरी कार्यलयका इन्चार्ज केशव सिंह थापाले बताउनुभएको छ ।

६ वर्षका बालक अभय बोहराले आफ्नो कानको मुन्द्रा चोरी गर्ने व्यक्ती यही हो भने पछि अभयका बाजे ललित बोहराले उनलाई प्रक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । 

आफूले बालकको कानमा लगाएका सुनका  मुन्द्रा चोरी गरेको रसाइलीले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

 रसाइलीले एक मुन्द्रा सदरमुकाम चैनपुरकै व्यापारीसँग २ हजार ५ सयमा बिक्री गरेको र एक मुन्द्रा धनगढीको एक जनासँग बिक्री गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ