२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सुस्ताका विद्यार्थी अध्ययनका लागि भारत जान बाध्य

२०७५, २१ श्रावण सोमबार ०३:४१

साउन २१, नवलपरासी (रासस) | पश्चिम नवलपरासीको सुस्ता गाउँका बालबालिका कक्षा ६ पछिको माथिल्लो कक्षा अध्ययनका लागि भारतीय विद्यालयमा जान बाध्य छन् । 

सुस्ता गाउँपालिका–५ सुस्तामा रहेको एकमात्र विद्यालय जनता दलित प्राथमिक विद्यालयमा कक्षा ६ सम्म मात्र पठनपाठन हुँदै आएपछि माथिल्लो कक्षा अध्ययनका लागि विद्यार्थी भारतका विभिन्न विद्यालयमा जान बाध्य भएका हुन् । 

सुस्तामा कक्षा ६ पछि अध्ययनको व्यवस्था नहुँदा विद्यार्थी अध्ययनका लागि भारतीय विहार राज्यको भैसालोटन बजारका विद्यालयमा अध्ययन गर्न जान बाध्य भएको जनता दलित प्राविका प्रधानाध्यापक उदयबहादुर रुचालले जानकारी दिनुभयो । 

करीब ७० प्रतिशत विद्यार्थी भारतीय बजारमा अध्ययन गर्न बाध्य छन् । सुस्ताको विद्यालयमा पर्याप्त शिक्षक, आवश्यक भौतिक संरचनालगायतको अभावमा विद्यालयमा कक्षा ६ पछिको माथिल्ला कक्षा सञ्चालन गर्न नसकिएको सुस्ता गाउँपालिकाका शिक्षा स्रोत व्यक्ति टंकनाथ ढकालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय