२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

सेफ्टीट्यांकीमा निस्सासिएर एकको मृत्यु

२२ श्रावण २०७५, मंगलवार ०९:०४

साउन २२, धनुषा | धनुषामा निर्माणाधीन सेफ्टीट्यांकीको रिङ खोल्ने क्रममा निस्सासिएर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जनकपुर ल्याउँदै गर्दा मिस्त्री दिनेश चौधरीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

धनुषाको विदेह नगरपालिका–६ तीन कौरिया बस्ने रामशोभित महतोको घरमा आज बिहान सेफ्टीट्यांकीको रिङ खोल्ने क्रममा स्थानीय ३० वर्षीय मिस्त्री दिनेश चौधरीको निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय शुभनारायण दास र फुलगेन दास निस्सासिएर घाइते भएका छन् । प्रहरीका अनुसार शुभनारायणको उपचार जनकपुर अञ्चल अस्पताल र फुलगेनको उपचार धनुषा अस्पतालमा भइरहेको छ । 

तीनकौरिया प्रहरी चौकीका अनुसार बिहान दिनेश चौधरी रिङ खोल्न सेफ्टीट्यांकीभित्र पस्दा निस्सासिएर घाइते भएपछि उनको उद्धारका लागि शुभनारायण र फुलगेन पालैपालो छिरेका थिए । तर उनीहरु पनि निस्साएिर सिकिस्त भएपछि प्रहरी टोली पुगेर तीनैजनाको उद्धार गरी उपचारको लागि जनकपुर पठाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य