2026-09-13 08:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

सेफ्टीट्यांकीमा निस्सासिएर एकको मृत्यु

साउन २२, धनुषा | धनुषामा निर्माणाधीन सेफ्टीट्यांकीको रिङ खोल्ने क्रममा निस्सासिएर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जनकपुर ल्याउँदै गर्दा मिस्त्री दिनेश चौधरीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

धनुषाको विदेह नगरपालिका–६ तीन कौरिया बस्ने रामशोभित महतोको घरमा आज बिहान सेफ्टीट्यांकीको रिङ खोल्ने क्रममा स्थानीय ३० वर्षीय मिस्त्री दिनेश चौधरीको निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय शुभनारायण दास र फुलगेन दास निस्सासिएर घाइते भएका छन् । प्रहरीका अनुसार शुभनारायणको उपचार जनकपुर अञ्चल अस्पताल र फुलगेनको उपचार धनुषा अस्पतालमा भइरहेको छ । 

तीनकौरिया प्रहरी चौकीका अनुसार बिहान दिनेश चौधरी रिङ खोल्न सेफ्टीट्यांकीभित्र पस्दा निस्सासिएर घाइते भएपछि उनको उद्धारका लागि शुभनारायण र फुलगेन पालैपालो छिरेका थिए । तर उनीहरु पनि निस्साएिर सिकिस्त भएपछि प्रहरी टोली पुगेर तीनैजनाको उद्धार गरी उपचारको लागि जनकपुर पठाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन