2026-09-13 04:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा २ सय बालविवाह रोक

साउन २२, दैलेख |  आर्थिक वर्ष २०७४–०७५ मा जिल्लाभर भएका बालविवाहमध्ये जानकारीमा आएका २३२ बालविवाहका घटना रोकिएका छन् । 

स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, महिला विकास कार्यालय, विभिन्न अधिकारवादी सङ्संस्थाको पहलमा बालविवाहका घटना रोकिएका हुन् । प्रहरीको जानकारीमा र अधिकारवादी सङ्घसंस्थासम्म आएका घटनामध्ये धेरै बालविवाहका घटना आपसी समझदारीकै आधारमा उमेर नपुग्ने बेलासम्म आआफ्नो घरमै बस्ने भन्ने सहमतिमा छाडिन्छ । छाडिएकामध्ये कतिपय जोडीले भागेर पुनः विवाह गरेको घटना पनि समाजमा धेरै हुन थालेपछि जिल्लालाई बालविवाहमुक्त घोषणा गर्नका लागि स्थानीय तहले नीतिमै उल्लेख गरेर कार्ययोजना निर्माण र जनचेतनामूलक गतिविधि बढाउन थालेका छन् । 

गत वर्ष नै जिल्लालाई बालविवाहमुक्त बनाउने भनी स्थानीय तह र जिम्मेवार निकायले सदरमुकाम दैलेख बजारमा भएको बृहत् कार्यक्रममा प्रतिबद्धता गरेसँगै अभियानले तीव्रता पाएको छ । 

पुरातन सोच र संस्कारका कारण अहिले पनि बालविवाहका घटना धेरै हुने गरेका छन् । विभिन्न विद्यालयमा निर्माण गरिएका बाल सञ्जालमा आबद्ध विद्यार्थीले उमेर नपुग्दै बिवाह भएको थाहा पाए भने बालहेल्प लाइनको नं १०९८ मा फोन गरेर खबर गर्छन् । सोही आधारमा जिल्ला प्रहरी कार्यालयले मातहतका प्रहरीलाई खटाउने गरेकाले कतिपय बालविवाह रोकिएका छन् । 

जिल्लामा लामो समयदेखि अधिकार र पैरवीका क्षेत्रमा काम गर्दै आएको स्थानीय संस्था सामाजिक सेवा केन्द्रको ११ औं लैङ्गिक तथा सामाजिक परीक्षणमा उपस्थित सहभागीले स्थानीय तह निर्माणसँगै अभियानको प्रभावकारिता बढ्नुपर्नेमा भनेजत्तिको उपलब्धि हुन नसकेको भन्दै स्थानीय तहले गाउँ र नगरसभाबाटै स्पष्ट नीति निर्माण गरेर प्रचारप्रसार र कानुनी उपचारलाई कडाइ्का साथ लागु गर्नुपर्ने सुझाव दिएका छन् । 

नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्लले जिल्लाका गैरसरकारी निकायले स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढेमा महिला तथा बालबालिकाका क्षेत्रमा जस्तासुकै समस्याको समाधान गर्न नीति नै निर्माण गरेर जान सकिने बताउनुभयो । 

भैरवी गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले सामाजिक कुसंस्कार हटाउन गैरसरकारी संस्थाको पहल महत्वपूर्ण रहेको बताउनुभयो । सोसेक नेपालका अध्यक्ष मञ्जुकुमारी खड्काले संस्थाले जिल्लाका ११ वटै स्थानीय तहसँग समन्वय गरी बालविवाह, छाउपडी, जातीय विभेद, महिला र बाल हिंसाजस्ता सामाजिक कुरीति न्यूनीकरण गर्न पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले