2026-08-25 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दिप्रुङले बनायो ६ वडामा अन्तर्राष्ट्रिय मापदण्डको खेलमैदान

चिसाङ शेर्पा | साउन÷२३  खोटाङ | दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ६ वडामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटबल खेलमैदान निर्माण गरेकोे छ । खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउन गाउँपालिकाको लगानीमा फुटबल खेलको लागि खेलमैदान बनाइएको हो ।

गाउँपालिकाको वडानम्बर २ डाँडागाउँमा एकसय मिटर लम्बाइ ६५ मिटर चौडाइ, छितोपोखरीमा एकसय मिटर लम्बाइ ६५ मिटर चौडाइ, बतासेमा एकसय मिटर लम्बाइ ६५ मिटर चौडाइ, टेम्मामा ९० मिटर लम्बाइ ४० मिटर चौडाइ, याम्खामा ९० मिटर लम्बाइ ३० मिटर चौडाइ भएको फुटबल खेलमैदान निर्माण गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले जानकारी दिनुभयो । टेम्मा र याम्खाको मापदण्ड अनुसारको खेलमैदानको थप काम भईरहेको छ । सप्तेश्वर छितापोखरीमा भने धमाधम काम भईरहेको गाउँपालिका प्रमुख राईको भनाई छ । 

गाउँपालिकाले १०÷१० लाखको लगानीमा निर्माण गरेको खेलमैदानमा त्यहाँका युवाहरुले आफ्नो क्षमता प्रर्दशन गरेर राम्रो राष्ट्रिय स्तरको खेलाडी उत्पादन हुने अनुमान गरिएको छ । निर्माण सम्पन्न भएको खेलमैदानमा निकट समयमा राष्ट्रियस्तरको फुलबल प्रतियोगिता गराएर उद्घाटन गरिने गाउँपालिकाले जनाएको छ । ६ वटा खेलमैदानमा प्रत्येकमा एक÷एक वटा गेम गराउने गाउँपालिकाको योजना छ । 

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार फुटबल खेलमैदान हुनका लागि १ सय १० मिटर लम्बाई हुंदा र ७५ मिटर चौडाई तथा एकसय मिटर लम्बाई हुंदा ६४ मिटर चौडाइको आवाश्यकता हुन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने