२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जाने कर्मचारीको विवरण वेबसाइटमा भेटिएन

२०७५, २३ श्रावण बुधबार ०९:१०

शरद शर्मा | साउन २३, काठमाडौँ | प्रत्येक मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था भए पनि लागू भएको पाइएको छैन । 

‘वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका’ अनुसार प्रत्येक मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण अनिवार्य रुपमा आआफ्नो मन्त्रालयको वेबसाइटमा राख्नुपर्ने भए पनि अहिलेसम्म कुनै मन्त्रालयले वैदेशिक भ्रमणमा जाने कर्मचारीको नाम राखेका छैनन् । 

सरकारले २०७२ सालमा पहिलो पटक र अहिले संशोधन गरेर नयाँ निर्देशिका ल्याएको छ । विसं २०७२ मा जारी भएको निर्देशिकामा नै वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोद कुँवरले निर्देशिकानुसार वैदेशिक भ्रमणमा जाने कर्मचारीको नाम नराख्ने मन्त्रालयको अनुगमन गरिने बताउनुभयो । 

उहाँले निर्देशिकामा भएका कुरालाई कडाइका साथ लागू गरिने समेत बताउनुभयो । निर्देशिकामा कर्मचारीका नाम, पद, जाने देश, गएको मिति आदि विवरण खुलाई वेबसाइटमा राख्नुपर्नेछ । 

मन्त्रिपरिषद् कार्यालयका उपसचिव विष्णु घिमिरेले सबै मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको नाम राख्ने निर्देशन दिएको बताउनुभयो । उहाँले अहिलेसम्म गत आवमा करीब पाँच हजार कर्मचारी वैदेशिक भ्रमणमा गएको तथ्याङ्क आएको जानकारी दिनुभयो । “अझ धेरै गएको हुनसक्छन् । हामीले तथ्याङ्क सङ्कलन गर्दैछौँ”, उहाँले भन्नुभयो, “यो संख्या अझ बढ्न सक्छ ।” 

यसैगरी वैदेशिक भ्रमणमा गएका कर्मचारीको खर्च पनि केही मन्त्रालयले अहिलेसम्म बुझाएका छैनन् । भ्रमणमा गइसकेको कर्मचारीले गरेको खर्च विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाउनुपर्ने हुन्छ । “परिषद् कार्यालयले पटक पटक अनुरोध गर्दा मात्र केही मन्त्रालय मात्र खर्च विवरण बुझाएका छन्”, उहाँले भन्नुभयो, “नबुझाएका मन्त्रालयलाई खर्च विवरण बुझाउन निर्देशन दिएका छौँ ।” 

प्रम कार्यालयद्वारा नाम सार्वजनिक 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट वैशाखयता १२ कर्मचारी वैदेशिक भ्रमणमा गएको विवरण वेबसाइटमार्फत सार्वजनिक गरिएको छ । प्रधानमन्त्री कार्यालयले मङ्गलबार मात्र ती कर्मचारीको विवरण वेबसाइटमा राखेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअनुसार विदेश जाने कर्मचारीमा मुख्य सचिव लोकदर्शन रेग्मी, सचिव केदारबहादुर अधिकारी, सहसचिव डा हरि पौडेल, उपसचिव कृष्णप्रसाद देवकोटा, विजय राना, विनोदकुमार दाहाल, लेखा अधिकृत देवराज पोखरेल, शाखा अधिकृताद्वय रीता रेग्मी र निराज शर्मा, नायब सुब्बा बदं्रीप्रकाश निरौला चीन, सहसचिव यमलाल भुसाल ब्राजिल र उपसचिव लक्ष्मीप्रसाद गौतम अष्ट्रिया रहनुभएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले आफूहरुले यसअघि वैदेशिक भ्रमणमा गएका कर्मचारी विवरण नराख्ने गरेको भए तापनि अब चाँडै राखिने बताउनुभयो । वैदेशिक भ्रमणमा जाने कर्मचारी उपसचिवसम्मको स्वीकृति मन्त्रालयले, सहसचिवको स्वीकृति मन्त्री र सचिवको स्वीकृति मन्त्रिपरिषद् कार्यालयले गर्नुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट