2026-09-14 05:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भीमदत्तका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी सुरु

साउन २३, महेन्द्रनगर | भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी (ई हाजिरी) सुरु गरिएको छ । भीमदत्त नगरपालिका वडा नं. ९ ब्रह्मदेबस्थित सिद्धनाथ माध्यमिक विद्यालयबाट ई हाजिरी सुरु गरिएको हो । 

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बुधबार विद्यालयमा आयोजित कार्यक्रममा विद्युतीय हाजिरी मेसिन उद्घाटन गरे । नगर प्रमुख विष्टले विद्यालयका प्रधानाध्यापक अम्बादत्त जोशीलाई मेसिन हस्तान्तरण गरेका हुन् । जडान गरिएका मेसिनमा विद्यालयका प्रधानाध्यापक जोशी सहित शिक्षक, कर्मचारीले बटन थिचेर हाजिरी लगाएका छन् ।

सिद्धनाथ माध्यमिक विद्यालय भीमदत्त नगरपालिकामा ई हाजिरी जडान गर्ने पहिलो विद्यालय बनेको छ । भीमदत्तका १९ सामुदायिक विद्यालयमा ई हाजिरी जडान गरिने कार्यक्रम बनाइएको छ ।  

विद्यालयका शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित बनाएर शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयमा ई हाजिरी जडान गरिएको छ । प्रधानाध्यापक कक्षमा हाजिरी मेसिन जडान गरिएको छ ।

भीनपाका नगर प्रमुख विष्टले सामुदायिक शिक्षालाई गुणस्तीय बनाउन नगर विद्यालयहरुमा विद्युतीय हाजिरी जडान सुरु गरिएको बताए ।

‘सामुदायिक विद्यनालयको शैक्षिक गुणस्तर सुधारका लागि अल्कालिन र दिर्घकालिन योजनाका साथ अघि बढी रहेका छौ’ कार्यक्रममा नगर प्रमुख विष्टले भने,‘त्यसै क्रममा आज सिद्धनाथबाट ई हाजिरी सुरु गरेका छौ, अब क्रमशः अन्य विद्यालयमा पनि ई हािजरी सुरु गरेर जान्छौ ।’

नगर शिक्षा समिति गठन गरी नगर क्षेत्रको समग्र शिक्षाको शैक्षिक र भौतिक गुणस्तर सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै नगर प्रमुख विष्टले शिक्षक, कर्मचारी, अभिभावक र स्थानीय सबैको सहयोग चाहिनेमा जोड दिए ।

नगर प्रमुख विष्टले सिद्धनाथ माध्यमिक विद्यालयलाई नमूना विद्यालय बनाउन भीमदत्त नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

‘यो विद्यालयलाई प्रविधिको प्रयोग गरी नमूना विद्यालय बनाउन सक्दो सहयोग हुन्छ’ नगर प्रमुख विष्टले भने,‘ई लाइब्रेरी निर्माण सहित भौतिक पूर्वाधार निर्माणका कार्य पनि सहयोग गरिन्छ ।

विद्यार्थीलाई फोहर व्यवस्थापनका लागि विद्यार्थीले क्लब गठन गरी प्रोत्साहन गर्नु पर्नेमा जोड दिदैं विद्यालयको खाली जमिनमा वृक्षारोपण गरी हरियाली बनाउनु आग्रह गरे ।

उत्तरी क्षेत्रका वासिन्दाको मागलाई मध्यनजर गरी जैविक मार्ग निर्माण गरिएको उल्लेख गर्दै नगर प्रमुख यसलाई खल्ला मुसेट्टीसम्म विस्तार गरिनेमा जोड दिए ।

नगर प्रमुख विष्टले भारतले केही दिनदेखि एकलौटी रुपमा सीमा क्षेत्रमा सडक निर्माण गरिरहेकोमा आपत्ति जनाए । ‘सीमामा सडक बनाउन दुई देशको सहमति चाहिन्छ, तर केही गरिएको छैन’ उनले भने,‘राष्ट्रियतालाई अप्ठेरामा पार्ने गरी कुनै कार्य पाच्य हुँदैन ।’

ब्रह्मदेबको सीमा क्षेत्रमा भारतीय पक्षले बनाएको सडकलाई केही अधिकृत स्तरबाट गैर जिम्मेवजार अभिव्यक्ति आएकोमा नगर प्रमुख विष्टले असन्तुष्टि जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज जोशीको सभापतित्वमा गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जोशीले स्वागत गरेका थिए । प्रधानाध्यापक जोशीले विद्युतीय हाजिरीले शैक्षिक गुणस्तरमा सुधारमा सहयोग पुग्ने बताए ।

कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक हिरा सिह ऐरीले गरेका थिए । कार्यक्रममा भीनपा वडा नं. ९ का वडा अध्यक्ष राम नाथ, भीनपा आधारभूत तथा माध्यमिक शिक्षा शाखाका स्रोत व्यक्ति भवानी प्रसाद पन्त, क्षेत्रीय सहरी विकास कार्यक्रमका वातावरण विकास अधिकृत पदम जोशी, सामाजिक विकास अधिकृत गोमती अवस्थी, इन्जिनियर आशा बोहरा, सूचना प्रविधि अधिकृत विनय कलौनी सहित शिक्षक, कर्मचारी, स्थानीय सहभागी भएका छन् । 

जेसिज मावि राजीपुर, सरस्वती मावि महुलिया, बैजनाथ मावि नयाँ तिलकपुर, सत्यवादी मािव वनगाउँ, शान्ति निकेतन मावि ऐंठपुर, महाकाली जनसेवा मावि हल्दुखाल, त्रिभुवन मावि त्रिलाचौर, सिद्धनाथ मावि जिमुवा, युवा वर्ष मावि तिल्केनी, सिद्धनाथ अमर मावि गड्डाचौकी, पूर्णा मावि ऐरी, सिद्धनाथ मावि बडैपुर, लक्ष्मी खैरभट्टी, सरस्वती मावि परखेडी, महेन्द्रनगर मावि महेन्द्रनगर, निङ्गलाशैनी मावि गोबरैया र लक्ष्मी मावि बागफाँटामा विद्युतीय हाजिरी जडान गरिने कार्यक्रम रहेको भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरि सिह धामीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ