2026-09-19 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चैनपुर–पोखरी सडक खण्ड: सडकको दुरवस्थाले सास्ती

साउन २४, संखुवासभा (रासस) | चैनपुर–पोखरी सडक खण्ड अन्तर्गतका विभिन्न ठाउँमा गहिरो खाल्डा हिलोका कारण साना तथा ठूला सवारी साधन सञ्चालनमा समस्या भएको छ । 

सडक खण्डको धेरै ठाउँमा बाटो राम्रो भए पनि संखुवासभा क्याम्पस अगाडि तथा मुनिको घुम्ती, डाँगीगाउँ, सवकचोक, पोखरीबजारलगायतका ठाउँमा गहिरा खाल्डा तथा हिलोका कारण सवारी सञ्चालनमा समस्या भएको हो । 

नगरपालिकाको सडक कालोपत्रे गर्ने योजनाअनुरूप उन्नति संस्थाले सडक निर्माणको जिम्मा लिएर सडक सम्याउने, भित्तामा नाली र पानी धेरै बग्ने खोल्सीमा हिममपाइप बिच्छ्याउने काम गरे पनि भित्तामा निर्माण गरिएको नाली माथिबाट झरेका ढिस्काका कारण सवारी साधन सञ्चालन हुन नसकेकाले यात्रु पैदलै गन्तब्यसम्म जान बाध्य भएका छन् । 

उता मादीको राम मन्दिर–ओखरबोटे सडक कालोपत्रेका लागि पहिले बनाइएका नाली बिगारेकाले सडक हिलाम्ये र चिप्लो भइ सवारी साधन सञ्चालनमा समस्या भएको छ । सडक कालोपत्रे तथा पुल निर्माणको काम भइसकेपछि पनि यात्रु तथा सवारी चालकले हिलो र धुलोको समस्या व्यहोर्नु परेको स्थानीयवासी गोपाल ढुंगानाले बताउनुभयो । दश किलोमिटर लम्बाइको सडक कालोपत्रे दुई वर्षभित्र सम्पन्न गर्ने गरी मादी नगरपालिकाले बज्रगुरु कन्ट्रक्सनलाई ठेक्का दिएको प्रशासकीय अधिकृत प्रकाश मगरले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई