२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चैनपुर–पोखरी सडक खण्ड: सडकको दुरवस्थाले सास्ती

२४ श्रावण २०७५, बिहीबार ०३:३३

साउन २४, संखुवासभा (रासस) | चैनपुर–पोखरी सडक खण्ड अन्तर्गतका विभिन्न ठाउँमा गहिरो खाल्डा हिलोका कारण साना तथा ठूला सवारी साधन सञ्चालनमा समस्या भएको छ । 

सडक खण्डको धेरै ठाउँमा बाटो राम्रो भए पनि संखुवासभा क्याम्पस अगाडि तथा मुनिको घुम्ती, डाँगीगाउँ, सवकचोक, पोखरीबजारलगायतका ठाउँमा गहिरा खाल्डा तथा हिलोका कारण सवारी सञ्चालनमा समस्या भएको हो । 

नगरपालिकाको सडक कालोपत्रे गर्ने योजनाअनुरूप उन्नति संस्थाले सडक निर्माणको जिम्मा लिएर सडक सम्याउने, भित्तामा नाली र पानी धेरै बग्ने खोल्सीमा हिममपाइप बिच्छ्याउने काम गरे पनि भित्तामा निर्माण गरिएको नाली माथिबाट झरेका ढिस्काका कारण सवारी साधन सञ्चालन हुन नसकेकाले यात्रु पैदलै गन्तब्यसम्म जान बाध्य भएका छन् । 

उता मादीको राम मन्दिर–ओखरबोटे सडक कालोपत्रेका लागि पहिले बनाइएका नाली बिगारेकाले सडक हिलाम्ये र चिप्लो भइ सवारी साधन सञ्चालनमा समस्या भएको छ । सडक कालोपत्रे तथा पुल निर्माणको काम भइसकेपछि पनि यात्रु तथा सवारी चालकले हिलो र धुलोको समस्या व्यहोर्नु परेको स्थानीयवासी गोपाल ढुंगानाले बताउनुभयो । दश किलोमिटर लम्बाइको सडक कालोपत्रे दुई वर्षभित्र सम्पन्न गर्ने गरी मादी नगरपालिकाले बज्रगुरु कन्ट्रक्सनलाई ठेक्का दिएको प्रशासकीय अधिकृत प्रकाश मगरले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह