Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

छाडा छोडेको पशुहरुको उपचार गर्दै कञ्चनपुरका युवाहरु

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भास्कर के.सी | श्रावण २४, कञ्चनपुर | कञ्चनपुरको छाडा गाई समस्याको रुपमा रहेका बेला यसरी छाडिएका गाईलाई विभिन्न प्रकारका रोगले ग्रस्त भएका छन् । कति गाई गोरुको मृत्यु भएको अवस्थामा भेटिएका छन् भने कति घाइते र रोगी अवस्थामा सडकमा देख्न पाईन्छ ।

गाई गोरुको खुट्टामा खरात भएपछि घाउ भई त्यसमा किरा पर्न थाले पछि विरामी भएका गाई गोरुहरु उपचार गर्दे आईरहेका छन् कञ्चनपुरका केही युवाहरु भीनपा–६, ऐठपुर बस्ने भुपेन्द्र राज जोशी (नाना)को नेतृत्वमा १२ जना युवाहरुको टोलीले यस्तो समाजिक कार्य गर्दै आईरहेको छ । उनलाई सहयोग गर्ने  डडेल्धुरा घर भई हाल भेटनरी (जेटिए) पास गरी जोशी भेट फर्ममा काम गर्दै आएका युवा चेतराज रोस्यारा, निर्मल कुमार राना, ईश्वर दत्त भट्ट देवराज जोशी, राम बोहरा, लोकेश अवस्थी लगयातको टिम रहेको छ । औषधी उपचार सबै भुपेन्द

जोशीले गर्दै आएका छन् । असार २८ गते बाट आफुहरु यस अभियानमा लागेको र अहिले सम्म आफुहरुले २५० भन्दा बढी गाई गोरुलाई उपचार गरिसकेको साथै आफुहरुलाई कसैले खबर गरेमा विरामी गाई, गोरु भएको स्थानमै गएर पनि उपचार गर्दै आइरहेको र गर्ने जोशीले बताए ।

आफुलाई हिन्दु बताउने र गाईलाई भगवानको दर्जा दिने नेपालीहरुले नै आफ्नो धर्म, संस्कृति विर्सेर गाईको दुध छउन्जेल दुध खाई दुध दिन छाडेपछि गाईलाई घर बाट लखेटी सडक सडकमा भौतारिन बाध्य बनाएका छन् । यसरी गाई विरामी भई जथाभावि मरेमा भोलि झाडा, बान्ता जस्ता समस्या लगायत विभिन्न कुराको महामारी फैलन सक्नेमा जोशीले जोड दिए ।