२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा पहिचान र अधिकारका लागि यसरी मनाइयो आदिवासी जनजाति दिवस

२०७५, २४ श्रावण बिहीबार १४:५३

लोकेन्द्र प्रसाद जोशी | साउन २४, दार्चुला । बिहिबार विश्व आदिवासी जनजाति दिवस ब्यासी सौकाजातीले दार्चुला जिल्लामा भब्यताकासाथ मनाएका छन । ब्यासी सौका समाजको आयोजनामा दार्चुला लगायत देशभरीकै आदिवासी जनजातिको पहिचान र अधिकारका लागि विभिन्न कार्यक्रम गरेर दिवन मनाएका हुन । आदिवासी जनजातिको बसाईसराइ बन्द गरीनुपर्ने उनिहरुको माग छ । ’अधिकार प्रतिनिधित्व स्वायत्तता÷स्वशासनकालागि आदिवासी जनजातिको अडान, मानब पहिचान सहितको संघियताकालागी संबिधान संशोधन हाम्रो साझा अभियान’ भन्ने आदर्शकासाथ उनिहरुले दार्चुला जिल्लामा समेत २४ औ विश्व आदिवासी जनजाति दिवस मनाएका हुन ।

विश्वभरका आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा मनाइदै आएको दिवस दार्चुलामा समेत ब्यासी सौका समुदायले भब्यताकासाथ मनाएका छन । दिवसको अवसरमा जिल्ला सदरमुकामस्थित बजार क्षेत्रमा आदिवासी जनजातीहरुको अधिकारकालागी नारा जुलुससहित र्यालीको आयोजना गरेर दार्चुला बिकास संगठनको हलमा औपचारीक कार्यक्रमको आयोजना गरेका थिए । आफ्नै मौलीक भाषा, भेषभुषा र संस्कृति झल्कीने गरी सास्कृतिक कार्यक्रमको समेत आयोजना गरेका हुन । कार्यक्रममा भारतको धारचुलाबाट समेत ब्यासीहरु दार्चुला आएका थिए ।


संविधानमा आदिवासी जनजाति समुदायको अधिकार अझै सुनिश्चित हुन नसकेको भन्दै संबिधान संसोधन गरेर अधिकार र पहिचान स्थापित गरीनुपर्ने ब्यासी सौका समुदायका अध्यक्ष यसोदा तिकंरीको भनाइ छ । २४ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा जिल्ला सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा ब्यासी सौका समाजका अगुवाहरुले अधिकार स्थापित गर्नका लागि अझै संघर्ष गर्नुपर्ने आवश्यकता रहेको बताउँनुभयो । ‘आदिवासी जनजातिलाई राज्यले अझै हेपिरहेको अवस्था छ, तर राजनीतिले गर्दा आदिवासी जनजातिहरु जातीय रुपमा विभाजित हुँदा आदिवासी समुदायको माग ठोस रुपमा उठ्न नसकेको उनिहरुको बुझाइ छ ।


दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा बसोबास गर्ने दार्चुलाका व्यासीहरुको तीन वडाका चार ठाउँमा बसोबास रहेको छ । व्यासी सौकाहरुको धर्म, संस्कृति, परम्परा र भाषाको संरक्षण गर्ने उद्देश्यले संगठित भएका व्यासीहरु दार्चुलाको सितोला, राप्ला, छांगरु र तिंकरमा बसोबास रहेको छ । ३६९ घरधुरी रहेको व्यासीको कुल जनसंख्या २ हजार १ सय ६९ रहेको छ । आफ्नै मौलिकता, ऐतिहासिक सांस्कृतिक पृष्ठभूमी रहेका व्यासीहरु अल्पसंख्यक जातीको रुपमा सूचिकृत छन् । उनीहरु आफुलाई (रं) अर्थात सौका समुदायका भनेर चिनाउने  गरेका छन् ।


नेपाल र भारतमा बसोबास गर्ने व्यासीहरुको रहनसहन र भेषभुषा एउटै हो । विवाहवारी नेपाल भारत दुवै क्षेत्रमा गर्ने गरेका छन् । भारतमा बस्ने रं समुदाय बढि छन् । समुद्री सतहबाट १२ हजार फिट उचाईमा बसोबास रहेका व्यासको छांगरु र तिंकरका स्थानीय छ महिना व्यास र छ महिना खलंगा (कुञ्चा) अर्थात बसाइ सराइ गर्ने गर्छन् । वर्षमा एक मात्रै खेती हुने व्यासका स्थानीयको प्रमुख पेशा व्यापार हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ