२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट ब्लडमनी तिरेर एक वर्षमा १८ नेपालीलाई स्वदेश फिर्ता

२०७५, २४ श्रावण बिहीबार १६:११


साउन २४, काठमाडौं सरकारले साउदी अरबबाट १८ जना नेपाली कामदारलाई ब्लडमनी रकम तिरेर नेपाल फर्काएको छ। गत आर्थिक वर्ष २०७४/०७५ मा साउदी अरबमा ४१ जना नेपाली कामदार ब्लडमनीको मुद्धामा जेल परेका थिए। त्यसमा पहिलो चरणमा १८ जनालाई ब्लडमनी तिरेर जेल मुक्त गरेर नेपाल फर्काइएको साउदी अरबस्थित नेपाली दूतावासले जनाएको छ।

अन्य २३ जनालाई दोस्रो चरणमा ब्लडमनी तिरेर जेल मुक्त गराई नेपाल फर्काइने प्रक्रिया सुरु गरिएको दूतावासले जानकारी दिएको छ। साउदी अरबमा रोजगारीका लागि गएका २ सय ४९ जना नेपाली विभिन्न कारणले ब्लडमनी सम्बन्धि मुद्धामा जेलमा रहेको दूतावासले जनाएको छ।

गत आर्थिक वर्षमा ४० लाख ११ हजार ८ सय ५४ रियाल अर्थात १ अर्ब ११ करोड ४३ लाख ३७ हजार ८ सय ४३ रुपैयाँ ब्लडमनी र अन्य कामदारको समस्याका लागि आवश्यक रकम परराष्ट्र मन्त्रालयमार्फत माग गरिएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार उक्त आवश्यक रकम परराष्ट्र मन्त्रालयले दूतावासमा पठाइसकेको छ। साउदी अरबमा अन्य ५० जना नेपालीको ब्लडमनी सम्बन्धी मुद्धा अदालतमा चलिरहेको र  उनीहरुलाई पनि दूतावासले उद्धार गर्न पहल गरिरहेको जनाइएको छ।

विदेशमा रहेका नेपालीहरु कामदारहरु सडक दूर्घटना, सवारी दुर्घटना र ज्यानसम्बन्धी मुद्धामा  ब्लडमनीको जरिवाना र सजाय हुने खेप्न बाध्य हुने गरेका छन् ।

ब्लडमनी रकम तिरेर नेपाल फर्काइएका नेपाली कामदारको  सूची:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता