२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सत्खलुवा तालमा पर्यटक वृद्धि

२५ श्रावण २०७५, शुक्रबार १०:०६

मेनका चौधरी | साउन २५, बर्दिया | माछापालन र सिँचाइका लागि उपयोगमा ल्याइएको बर्दियाको सत्खुलवा ताल अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ । 

चार वर्ष अघि माछाको ठेक्का रद्द गराई संरक्षण गर्न शुरु गरिएको उक्त तालमा अहिले डुंगामा सयर गर्न पर्यटकको ओइरो लाग्ने गरेको हो । तालमा संसारबाटै लोप हुन लागेको रातो कमलको फूलसमेत पाइन्छ । 

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको वारबर्दिया नगरपालिका– ९ खैरनी गाउँमा रहेको उक्त तालमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । डुंगामा सयर गर्दै तालमा पानी खान आउने जंगली जनावर अवलोकन गर्न पाउनु यस तालको मुख्य विशेषता हो । निकुञ्जभित्रका चुरे पहाडका सात वटा खोलाको पानी जम्मा भएर बनेको उक्त ताललाई सत्खुलवा ताल भनिएको हो । 

जैविक विविधताको दृष्टिले महत्वपूर्ण स्थान ओगटेको तालको वारपार विश्वकै दुर्लभ पाटेबाघ, चितुवा, चित्तल, सालक, अजिङ्गरलगायत जंगली जनावरको बसोबास छ । हिउँदको समयमा र चैत, वैशाखको खडेरीमा जंगली जनावरको तिर्खा मेट्न तालले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ताल संरक्षण समितिले विसं २०७२ देखि तालमा सयर गर्नाका लागि डुंगाको व्यवस्था गरेको छ । डुंगाको प्रयोग हुनथालेपछि अहिलेसम्म करीब १० हजार पर्यटकले डुंगाको प्रयोग गरिसकेका छन् । ताल हेर्न रु १० र डुंगा चढ्न रु २५ तिर्नुपर्छ । 

ताल संरक्षण समितिका सचिव राजकुमार थारुले पर्यटकबाट उठेको रकम तालकै विकासका लागि खर्च गर्ने गरेको बताउनुभयो । भर्खर संरक्षणको शुरुआत गरिएको सो तालमा रैथाने चराका साथै आगन्तुक चराको संख्या बढ्दै गएको संरक्षणकर्मी सुनील चापागाईंले जानकारी दिनुभयो । 

ताल जैविक विविधताका हिसाबले महत्पूर्ण रहेको र मध्यवर्ती सामुदायिक वन भए पनि निकुञ्जका जंगली जनावरको बासस्थानका साथै उनीहरुले पानी खाने स्थान भएकाले यसमा रैथाने र आगन्तुक चराको संख्या बढ्दै गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताउनुभयो । 

राजमार्गको नजिकै भएका कारण निकुञ्ज घुम्न आउने पर्यटक यस तालमा घुम्न जाने गर्दछन् । शान्त वातावरण र मनोरम दृश्यका साथै गर्मीयाममा पानी खान आउने जनावर सजिलै हेर्न पाउने हुँदा यो तालप्रति सबैको आकर्षण बढ्न थालेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट