2026-10-14 07:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अन्तराष्ट्रिय युवा दिवस अछाममा भव्यताका साथ मनाईदै

साउन २६, अछाम | अगस्त १२ अर्थात साउन २७ गतेका अन्तराष्ट्रिय युवा दिवस बिभिन्न कार्यक्रमको आयोजना गरेर संसार भर मनाइदैछ । युवाको क्षेत्रमा काम गर्ने युवा, संघ संस्था, सरकारी तथा गैरसरकारी निकायले साउन २७ गते भोलि भब्यताका साथ मनाउने भएका हुन । 

अछाम जिल्लामा पनि अन्तराष्ट्रिय युवा दिवस भब्यताका साथ मनाईने भएको छ । जिल्ला युवा संञ्जाल अछाम लगाएत मातहतका नगर तथा गाउपालिकामा सक्रिय संञ्जालले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएका छन । सदरमुकाम मंगलसेनमा “बिकास र समृद्धिका लागि युवाहरुको भुमिका” बिषयक बृहत छलफल कार्यक्रमको हुने भएको हो । मंगलसेन नगरपालीका, वाक नेपाल अछामको सहयोग, जिल्ला युवा समिती, युएनएफपिए अछामको समन्वय र जिल्ला युवा संञ्जाल अछामको आयोजनामा कार्यक्रम गर्न लागिएको जिल्ला युवा संञ्जाल अछामका अध्यक्ष होम बहादुर साउदले बताउनु भयो । 

स्थानिय सरकारका जनप्रतीनीधी, सरकारी गैरसरकारी निकायका प्रमुख, राजनितिकदल, सम्बद्ध युवाहरुको बिचमा युवाका समस्याको बारेमा बृहत छलफल गरिने साउँदले बताउनु भयो । दिवसकै अवसरमा नगर स्तरिय युवा संञ्जाल साँफेबगरको आयोजनामा कार्यक्रम सहीत ४ दिने युवा नेतृत्व तालिम, रामारोशन गाउपालिकामा अन्तरक्र्रिया कार्यक्रम, बान्नीगढी जयगढ गाउपालिका ५ कालिकाको कालिका युवा संञ्जालको आयोजनामा बकृत्वकला, वडा नम्बर ६ दर्नामा अछामको बान्निगढी जयगड गाउँपालिका वडा नम्वर ६ दर्नामा पञ्चदेवल अनुरा युवा क्लब दर्ना र पञ्चदेवल अनुरा युवा सुचना केन्द्रको आयोजनामा युवा सम्बन्धी कार्यक्रम हुने तय भएको जिल्ला युवा संञ्जाल अछामका सचिब कमल कुमार रावलले बताउनु भयो । साथै क्षेत्र नम्बर २ को अन्य स्थानिय तहमा समेत दिवस भब्यताका साथ मनाईने रावलले बताउनु भयो । मंगलसेन जिबिस हलमा हुने “बिकास र समृद्धिका लागि युवाहरुको भुमिका” बिषयक बृहत छलफल कार्यक्रमको अछाम जिल्लाका सबै सामुदायिक रेडियोबाट प्रत्यक्ष प्रशारण समेत गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश