८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिगो विकासको लक्ष्य पूरा गर्न युवाको भूमिका महत्वपूर्ण: सभामुख

२६ श्रावण २०७५, शनिबार १२:५२

साउन २६, काठमाडौँ | सभामुख कृष्णबहादुर महराले दिगो विकासको लक्ष्य पूरा गर्न युवाको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । 

‘एसियन युथ एसेम्ब्ली २०१८’ को आज यहाँ उद्घाटन गर्दै उहाँले ‘दिगो विकास लक्ष्य २०३०’ पूरा गर्न युवाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

सभामुख महराले भन्नुभयो, “विकासका लागि विश्वव्यापी अभियान अगाडि बढाउन संयुक्त राष्ट्रसंघले सन् २००० मा सहश्राब्दी विकास लक्ष्य घोषणा गरेको थियो, यसै सहश्राब्दी विकास लक्ष्यको जगमा ‘दिगो विकास एजेण्डा २०३०’ पारित गरिएको छ ।” 

“दिगो विकास एजेण्डाले निर्धारण गरेका लक्ष्य हासिल गर्न युवाको भूमिका महत्वपूर्ण हुन्छ,” उहाँले भन्नुभयो, “दिगो विकास लक्ष्यले जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्न पहल थाल्न सचेत गराएको छ ।” 

सभामुख महराले उद्यमशीलता नै आर्थिक समृद्धिको मूल आधार भएको उल्लेख गर्दै युवा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न र आयआर्जन बढाउन उद्यमशीलतातर्फ अगाडि बढ्नुपर्छ भन्नुभयो । 

“उद्यमशीलताले रोजगारी सिर्जना गर्नुका साथै आर्थिक वृद्धिमा पनि योगदान गर्छ,” उहाँले भन्नुभयो, “ विकासका साझा मुद्दामा सबै एक ठाउँमा उभिएर अघि बढ्नुपर्छ ।” 

सभामुख महराले लोकतन्त्रको रक्षा, युवा नेतृत्वको विकास र वर्तमान विश्वका चुनौतीसँग लड्ने क्षमताको खोजी गर्न आग्रह गर्दै लामो राजनीतिक संघर्ष र संक्रमणबाट देश स्थिरता र शान्तिको बाटोतर्फ हिँडिरहेको बताउनुभयो । 

संविधान कार्यान्वयनकै चरणमा भएका स्थानीय, प्रदेश र संघको निर्वाचनमा ठूलो युवा समूह जनप्रतिनिधि चुनिएको उल्लेख गर्दै उहाँले राजनीतिक नेतृत्व तहमा पुगेका युवा शक्तिले वर्तमान विश्वका आम युवाको साझा सवालमा एसियाली मुलुकका युवासँग सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

ग्लोबल युथ पार्लियामेन्ट नेपालले आयोजना गरेको दुईदिने ‘एसियन युथ एसेम्ब्ली २०१८’ मा २३ वटा एसियाली मुलुकका प्रतिनिधिको सहभागिता छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा