२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहा: दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी सडकमा

२७ श्रावण २०७५, आईतवार ०४:४३

राम नारायण पंडित । साउन २७, सिरहा। सडक दुर्घटना बढ्दै गएकाले न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले अभियान संचालन गरेको हो । दुर्घटना न्युनिकरण गर्ने उदेश्यसे “सुरक्षित सडक प्रयोग र जिम्मेवार सबारी चलाक तथा यात्राका लागि हाम्रो अभियान” अन्तर्गत मिर्चैयामा शनिबार जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेका छन् । 


मिर्चैयामा पर्चा पम्पलेट बितरण, माइकिङ तथा जनचेतनाका लागि  चालकहरुलाई ट्राफिक नियमको बारेमा जानकारी दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख (प्रहरी निरिक्षक) मिलन बस्नेतले बताए । पुर्बपश्चिम लोकमार्गमै गाडी रोकेर चालकलाई ट्राफिक नियमबारे प्रशिक्षण दिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज (प्रहरी नायब निरिक्षक) मनोज चौधरीले बताए । 

अकाल मृत्युबाट बाच्ने उदेश्यले गरिएको कार्यक्रममा सडकको अवस्था र तोकिएको गतिमा सबारीसाधन चलाउन, तनाव र अस्वस्थ्य भएको समयमा गाडी नचलाउन, मादकपदार्थ सेबन गरी सबारीसाधन नचलाउन, सबारी चलाउने समयमा मोबाइल प्रयोग नगर्न र हेलमेट अनिबार्य रुपमा प्रयोग गर्न लगायतका जनचेतनामुलक पर्चा पम्पलेट २ सय भन्दाबढी सबारी चालकलाई दिई प्रशिक्षण दिईएको थियो । 

कार्यक्रममा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक दिपेन्द्र साह र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरी नायब निरिक्षक सुर्य खडकाको कमाण्डमा खटिएको प्रहरीले सहजीकरण गरेका थिए । 

सीता महेश ट्रेडर्स हिरो शोरुम मिर्चैयाको सहयोग र अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन