२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिटुजीका लागी मलेसियाका मन्त्री नेपाल आउँदै

२७ श्रावण २०७५, आईतवार ०५:३५

 साउन २६, काठमाण्डौ | मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरनले नेपाली कामदारसम्बन्धी समस्या समाधानको चरणमा पुगेको बताएका छन् । शनिबार आयोजित एक सार्वजनिक कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री सेगरनले कामदारको समस्या समाधान गर्न नयाँ नीति ल्याउने प्रक्रिया अगाडि बढेको बताएका हुन् ।

त्यससँगै नेपालसँग आपसी समझदारी (एमओयू)को तयारीसमेत अन्तिम चरणमा पुगेको उल्लेख गरेका छन् । केही दिनअघि मात्र उनले सरकारी माध्ययम (जिटुजी)बाटै नेपाली कामदार लैजाने पक्षमा वर्तमान सरकार रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

‘यसअघि हामीले नेपालसँग कुनै पनि समझदारी गरेका थिएनौँ । तर, अब नेपालसमेत हामीसँग एमओयू गर्न सहमत भइसकेको छ,’ उनले भने, ‘समस्या समाधानका लागि मन्त्रिपरिषद्बाट अनुमति लिएर नेपाल भ्रमण गर्दै छु ।’ केही दिनअघि मात्र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कुलासेगरनलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरेका थिए ।

कुलासेगरनले धेरैजसो रोजगारदाताले नेपाली कामदार खोजिरहेको भन्दै सरकारसमेत त्यसमा कुनै बन्देज लगाउने पक्षमा नरहेको बताए । ‘समस्या बिचौलियाहरू नै हुन्, जसले अत्यधिक नाफा असुलिरहेका छन्,’ उनले भने, ‘हामी यस्ता बिचौलियाहरूको मनोमानीबाट टाढा रहन चाहन्छौँ ।’

मन्त्री कुलासेगरनले विदेशी कामदार भर्ना प्रक्रियाका लागि नयाँ नीति ल्याउन आगामी मंगलबार मलेसियाका गृहमन्त्रीसँग बैठक गर्ने भएका छन् । विद्यमान नीतिले दलाल तथा बिचौलियालगायत अनेक किसिमका समस्या ल्याएको र नयाँ नीति त्यसको सुधारमा केन्द्रित हुने उनको भनाइ थियो । ‘मंगलबार प्रधानमन्त्री डा. महाथिर मोहम्मदसँग समेत विदेशी कामदारको सवालमा विस्तृतमा छलफल गर्दै छु,’ उनले भने ।

आफूहरूले विदेशी कामदार भर्नामा व्यवस्थित प्रणाली चाहेको भए पनि रोजगारदाताले भने त्यसका लागि म्यानपारवको निकृष्ट माध्यम अपनाउनुपरेको बताए । आफ्नो मन्त्रालयले नयाँ नीतिका लागि संघर्ष गरिरहेको भन्दै उनले अन्तिम निर्णय भने गृह मन्त्रालयले नै गर्ने स्पष्ट पारे ।

‘हामीलाई किन विदेशी कामदार आवश्यक छन्, आवश्यकताको आधार के हो र कुन क्षेत्रमा ती आवश्यक हुन् भन्नेलगायतका सवालका लागि नयाँ नीति आवश्यक छ,’ उनले भने, ‘विदेशी कामदार भर्ना गर्नुअघि उनीहरूसँग आमने–सामने भेटघाट गर्न सकियोस् भन्ने मेरो सोचाइ छ ।’

कुलासेगरनले हरेक रोजगारदातालाई विदेशी श्रमिकका लागि १५ प्रतिशको सीमा लागू गर्ने योजनासमेत अगाडि सारेका छन् । बाँकी स्थानीय श्रमिक राख्नुपर्ने उनको भनाइ छ । उनले १५ प्रतिशत विदेशी श्रमिकहरू मात्रै कानुनी हैसियतमा कम्पनीहरूमा काम गरिरहेको भन्दै बाँकी गैरकानुनी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट