२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा पहिरोले घर भत्काउँदा १ नाबालकको मृत्यु, दुई घाइते

२७ श्रावण २०७५, आईतवार ११:२०

टेकेन्द्र बोहरा | साउन २५, बझाङ | पहिरोले घर भत्किँदा एक महिने शिशुको मृत्यु भएको छ । बझाङको केदारस्यूँ गाउँपालिका–३ मैतोलीको रतनढुङ्गाका मकर विष्टका छोरा एलिस विष्टको मृत्यु भएको हो ।

आइतबार बिहान ६ बजे घर भन्दा  माथीबाट आएको पहिरोलेले विष्टको दुई तले पक्की घर भत्काएको थियो  घर भत्किँदा अरु दुई बालबालिका घाइते भएका छन् ।

घर भित्र सुताएका नाबालकको पहीरोमा च्यापीएर घटनास्थलमा नै मृत्यु भएको र अर्काे कोठामा खेलिरहेका ४ वर्षीया संगीता विष्ट र २ वर्षीया धौली विष्ट घाइते भएको जिल्ला  प्रहरी कार्यालय बझाङले  जनाएको छ ।

 पहिरोमा परेका बालिकाहरु भने अर्काे तर्फको कोठामा रहेका कारण सामान्य घाइते भएका छन् । उनिहरु दुबैको उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यि मध्ये अधिकांसले जथाभावि निर्माण गरेका ग्रामिण सडकबाट खसेको पहिरोमा परि ज्यान गुमाएका थिए । गत हप्ताको आइतबार देखी लगातार झरी परिरहेकाले जिल्लामा बाढी पहिरोको त्रास कायमै छ ।

जिल्लामा बैशाख महिना यता बझाङमा पहीरोमा परी १५ जनाले ज्यान गुमाई सकेका छन् । हाल सम्म थलारा गाउँपालिकाका एकै परिवारका ४ जान सहीत ७ जना, यस्तै जयपृथ्वी नगरपालीकाको जयपृथ्वी राजमार्गमा पहीराले जीप बगाउदा ३ जना, खप्तड छान्ना गाउँपालीकाको बयानाका एकै परीवारका ३ सहीत ४ जना गरी १५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै