Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बझाङमा पहिरोले घर भत्काउँदा १ नाबालकको मृत्यु, दुई घाइते

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

टेकेन्द्र बोहरा | साउन २५, बझाङ | पहिरोले घर भत्किँदा एक महिने शिशुको मृत्यु भएको छ । बझाङको केदारस्यूँ गाउँपालिका–३ मैतोलीको रतनढुङ्गाका मकर विष्टका छोरा एलिस विष्टको मृत्यु भएको हो ।

आइतबार बिहान ६ बजे घर भन्दा  माथीबाट आएको पहिरोलेले विष्टको दुई तले पक्की घर भत्काएको थियो  घर भत्किँदा अरु दुई बालबालिका घाइते भएका छन् ।

घर भित्र सुताएका नाबालकको पहीरोमा च्यापीएर घटनास्थलमा नै मृत्यु भएको र अर्काे कोठामा खेलिरहेका ४ वर्षीया संगीता विष्ट र २ वर्षीया धौली विष्ट घाइते भएको जिल्ला  प्रहरी कार्यालय बझाङले  जनाएको छ ।

पहिरोमा परेका बालिकाहरु भने अर्काे तर्फको कोठामा रहेका कारण सामान्य घाइते भएका छन् । उनिहरु दुबैको उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यि मध्ये अधिकांसले जथाभावि निर्माण गरेका ग्रामिण सडकबाट खसेको पहिरोमा परि ज्यान गुमाएका थिए । गत हप्ताको आइतबार देखी लगातार झरी परिरहेकाले जिल्लामा बाढी पहिरोको त्रास कायमै छ ।

जिल्लामा बैशाख महिना यता बझाङमा पहीरोमा परी १५ जनाले ज्यान गुमाई सकेका छन् । हाल सम्म थलारा गाउँपालिकाका एकै परिवारका ४ जान सहीत ७ जना, यस्तै जयपृथ्वी नगरपालीकाको जयपृथ्वी राजमार्गमा पहीराले जीप बगाउदा ३ जना, खप्तड छान्ना गाउँपालीकाको बयानाका एकै परीवारका ३ सहीत ४ जना गरी १५ जनाको मृत्यु भएको छ ।