२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साउनको सोमबार: असल श्रीमान पाउँने आशा

२०७५, २८ श्रावण सोमबार ०१:३६

राम नारायण पंडित | साउन २८, सिरहा | साउन महिनाको सुरुवातसंगै शिवालयहरुमा भिड्भाड् र बोलबम जानेहरुको संख्यामा ह्वातै बृद्धि भएको छ । साउन महिनामा परेको सोमबारको दिन सोमबारी ब्रत बस्नाले चिताएको मनोकामना पुरा हुने गरेको बमहरुले बताउँछन् । असल श्रीमान पाउँने उदेश्यले आफुहरु साउनमा सोमवारी व्रत बस्ने गरेको महिलाहरु बमहरुले बताउछिन् ।

महिलाहरु हातमा मेहन्दी, चुड्डी र हरियो बस्त्रमा अहिले नव दुल्हही झै सजिएकी छिन् । पहिले गाउँघरमा मेहन्दी पाईंदैन थियो । मेहन्दी लगाउने चलन पनि थिएन । महिलाहरुले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केलामा दल्ने गर्थे । तर हिजो आज गाउँ–गाउँमा पनि मेहन्दी पाइन्छ । के सहर के गाउँ अहिले साउन लाग्ने बित्तिकै रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुको मन्दिर र बाटोघाटोमा चहलपहल बढेको छ ।

धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले चाहिँ फेशनको रुपमा पनि यो चलनलाई स्वीकार गरेका छन् । साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ । साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

साउन महिना भगवान शिवप्रति आस्था र बिश्वास राख्नेहरुका लागि महत्वपूर्ण महिना मानिएको छ । त्यसमा पनि साउन महिनामा पर्ने सोमवारलाई अझै महत्वपुर्ण दिनका रुपमा युवापिढीहरुले लिने गरेका छन् । साउन महिनाको सोमबारीमा त शिव मन्दिरहरुमा रातो, पहेँलो र हरियो पहिरनमा सजिएकी महिला र पुरुष बमहरुको घुइँचो लाग्ने गरेको दृश्यले थप मनोरम बनाउनुको साथै खुसयाली प्रदान गरिरहेका छन् । साउन महिनामा सोमवारी व्रत बस्नाले मनोकामना पूरा हुनुको साथै आफुले चिताएको श्रीमान पाइन्छ भन्ने धार्मिक जनविश्वास रहेको महिलाहरुले बताउँछिन् । त्यसैले अर्को महिनाको तुलनामा साउन महिनामा महिलाहरु बिशेष रुपले सजिएर शिवालयहरुमा गई पुजाआजा गर्ने गरेको पाइन्छ । “साउन महिनामा व्रत बस्नाले चाहेको अनुसार श्रीमान भेटने गरेकोले आफुहरु त्यसो गर्दछौ” उनीहरुको भनाई रहेको छ । अविवाहित युबतीहरु असल श्रीमान पाउँन र विवाहितहरु श्रीमान र सन्तानको दिर्घायुका लागि ब्रत बस्ने गरेको बताईन्छ । 

हरियो चुडा, मेहन्दी र हरीयो कपडामा सजिनेहरुमा कलेजमा अध्ययनरत युवतीहरुको संख्या पनि उल्लेखय रहेको छ भने विद्यालय स्तरको छात्राहरु पनि त्यही किसिमले सजिएकी छिन् । यति मात्र कहाँ हो र भर्खरै विबाह भएको महिला होस वा प्रौढ सबै अहिले नब कनिया जस्तै सजिएकी छिन् । साउनमा सोमबारी पुरुषहरुले पनि गरिरहेको भएपनि महिलाको संख्या बढि रहेको पाइन्छ । अविवाहित पुरुषहरुले आफुले सुन्दर सुशिल स्त्री पाउन र विवाहित पुरुषहरु सन्तानको सुख शान्ति प्राप्त होस भन्दै सोमबारी (बोलबम) ब्रत बस्ने गरेका छन् । विभिन्न पवित्र नदी, जलाशय, कुण्ड लगायतको जल खाली गोडा तथा पैदलै हिडेर शिवलिंगमा चढाउने सोमबारीको विशेषता रहेको छ । 


भगवान शिवलाई दुध, जल, बेलपत्र, धुथुर र हरियो पुजा सामग्रीहरु मन पराउने भएकाले शिवालयहरुमा श्रद्धालुभक्तजनहरुले उक्त बस्तुहरु चढाई पुजा अर्चना गरिरहेका छन् । यदी पौराणिक मान्यतालाई हेर्ने हो भने साउन महिना देवताहरुका पनि देवता महादेव शंकर अर्थात शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाहरुले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् ।

अहिलेको समयमा आएर बोलबम पनि एउटा फैसन जस्तै भईसकेको छ । बोलबमको नाममा अत्याधिक मादकपदार्थ सेवन गरि होहल्ला गर्ने देखि लिएर उच्छृ्रंखल गतिबिधिको साथै अनैतिक क्रियाकल पनि हुने गरेको पाइन्छ । यस्तो कार्यलाई “यथासिध्र रोक्नु पर्छ नत्र यसले भोली गएर अर्को रुप पनि लिन सकिन्छ । यो धर्म माथिको ठाडो प्रहार हो ।” “आफ्नो धर्म सांस्कृतिलाई आफैले जर्गेना र बचाएर राख्नु पर्छ ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला