२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महाकाली नगरपालिकाको तीन वडा डुबानमा

२८ श्रावण २०७५, सोमबार ११:०८

साउन २८, भीमदत्तनगर | दुई दिनदेखिको लगातारको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकाका तीन वटा वडामा डुबानको समस्या हुँदा स्थानीयवासी प्रभावित बनेका छन् । 

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले वर्षाका कारण महाकाली नगरपालिका– ८, ९ र १० का केही घर डुबानमा परेको जानकारी दिनुभयो । “केही परिवार मात्रै घर छाड्नु्पर्ने अवस्थामा रहे पनि धेरै परिवारको सामान हिजो(आइताबार) नै सारिएको छ”, प्रहरी निरीक्षक चन्दले भन्नुभयो, “बस्तीमा सर्तकता अपनाउन आग्रह गरिएको छ ।” 

त्यसैगरी महाकाली नदीबाट पारि चादँनीतर्फ बैलबन्द सामुदायिक वन क्षेत्रको तटबन्ध भासिएको छ । बाढीका कारण तटबन्धका ११ जाली बगेको र तटबन्ध भासिएको चन्दले जानकारी दिनुभयो । “अहिले तटबन्धको जाली भरान गर्ने तयारी हँुदैछ”, चन्दले भन्नुभयो, “पहाडी जिल्लामा वर्षा भइरहेकाले डुबानको जोखिम यथावत् छ ।” महाकाली नगरपालिकाको जोगबुढा नदीमा पनि पानीको बहाव बढेको उहाँले जानकारी दिनुभयो । डुबानस्थलतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । 

आइतबार बिहानदेखि महाकाली नदीमा पानीको बहाव बढ्दा पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत ओहोरदोहारमा समस्या भएको छ । भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव बढेसँगै शारदा ब्यारेज(बनबासा ) पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन बन्द गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । सोमबार बिहान १० बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेको छ । 

पुलमा पैदल र मोटरसाइकल चल्न दिइए पनि ठूला सवारीसाधनमा रोक लगाइएको छ । 

त्यसैगरी लगातारको वर्षाका कारण यहाँका स्याली, सुनवरा, चौधर, मछेली, दोदालगायत नदीमा पनि पानीको बहाव बढेको छ । भीमदत्तनगरपालिका क्षेत्रमा ढलको व्यवस्थापन प्रभावकारी नहुँदा बजार क्षेत्रमा पनि जलस्तर बढेको छ । आइतबार स्याली नदीले बगाउँदा शुक्लाफाँटा नगरपालिकामा एक महिलाको मृत्युसमेत भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै