२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर धरौटी २ करोड पुर्याउन संघको प्रस्ताव, धरौटीको ब्याज पाउनुपर्ने माग (पत्र सहित)

२८ श्रावण २०७५, सोमबार १२:२३

साउन २८, काठमाडौं । नेपाल बैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर कम्पनीको धरौटी २ करोड उपयुक्त हुने सुझाव दिएको छ ।


सरकारले म्यानपावरको धरौटी रकम २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी हुने गरि बैदेशिक रोजगार ऐन २०६४ संसोधन गर्न लागेपछि संघले नगद १ करोड र बैंक ग्यारेन्टी १ करोड गरि २ करोड धरौटीको पस्ताव गरेको हो ।


बैदेशिक रोजगार व्यवसायी संघको अगुवाइमा श्रम मन्त्री गोकर्ण विष्टलाई ज्ञापन पत्र मार्फत सुझाव दिइएको हो । 

संघले धरौटी रकम इजाजतपत्र वाला व्यवसायीको आफ्नो अनुकुलको बैंक खातामा जम्मा गर्ने र विभागको अनुमति विना इजाजत प्राप्त वाला व्यवसायीले झिक्न नपाउने व्यवस्था गर्न माग गरेको छ ।  बैंकमा राखिएको धरौटी रकमको ब्याज इजाजत पत्र वाला व्यवसायी संस्थाको खातामा पाउने व्यवस्था गर्न संघले माग गरेको छ । म्यानपावर कम्पनी मर्जमा जान चाहेमा सो व्यवस्था गर्न संघले सुझाव दिएको छ भने नपुग हुने धरौटी रकम १ वर्सम्म थप गर्न पाउनुपर्ने माग गरेको छ ।

 त्यसैगरी संघले रोजगार दाताले इजाजतपत्र संस्थालाई कामदार आपूर्ति गरेबापत प्रवर्द्धन खर्च तथा सेवा शुल्क उपलब्ध नगराएको वा नगराउने शर्त रहेको सम्बन्धित रोजगार दाताको आधिकारिक पत्र पेश गरेमा इजाजत पत्रवाला संस्थाले कामदारले पाउने १ महिना बराबरको तलब रकम लिन पाउनुपर्ने माग गरेको छ । कामदारले तिर्ने सो रकम म्यानपावर कम्पनीको बैंक खातामा भुक्तानी गर्ने व्यवस्था गर्न समेत संघले माग गरेको छ ।

गत १६ गते म्यानपावर व्यवसायीको वृहत भेलाले धरौटी बढाउने प्रस्ताव फिर्ता नभए म्यानपावरको इजाजतपत्र (लाइसेन्स) सरकारलाई नै बुझाउने निर्णय सहित संकल्प पस्ताव पारित गरेको थियो । तर त्यसको १० दिन नवित्दै संघको तर्फबाट श्रम मन्त्री विष्टलाई धरौटी बढाउनु परे २ करोड सम्म उपयुक्त हुने व्यवसायीले सुझाव दिएका छन् । व्यवसायी संघकै अगुवाइमा धरौटी बढाउने पस्ताव आएपछि कतिपाए साना व्यवसायीहरुले यसको विरोध शुरु गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट