2026-06-16 10:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर धरौटी २ करोड पुर्याउन संघको प्रस्ताव, धरौटीको ब्याज पाउनुपर्ने माग (पत्र सहित)

साउन २८, काठमाडौं । नेपाल बैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर कम्पनीको धरौटी २ करोड उपयुक्त हुने सुझाव दिएको छ ।


सरकारले म्यानपावरको धरौटी रकम २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी हुने गरि बैदेशिक रोजगार ऐन २०६४ संसोधन गर्न लागेपछि संघले नगद १ करोड र बैंक ग्यारेन्टी १ करोड गरि २ करोड धरौटीको पस्ताव गरेको हो ।


बैदेशिक रोजगार व्यवसायी संघको अगुवाइमा श्रम मन्त्री गोकर्ण विष्टलाई ज्ञापन पत्र मार्फत सुझाव दिइएको हो । 

संघले धरौटी रकम इजाजतपत्र वाला व्यवसायीको आफ्नो अनुकुलको बैंक खातामा जम्मा गर्ने र विभागको अनुमति विना इजाजत प्राप्त वाला व्यवसायीले झिक्न नपाउने व्यवस्था गर्न माग गरेको छ ।  बैंकमा राखिएको धरौटी रकमको ब्याज इजाजत पत्र वाला व्यवसायी संस्थाको खातामा पाउने व्यवस्था गर्न संघले माग गरेको छ । म्यानपावर कम्पनी मर्जमा जान चाहेमा सो व्यवस्था गर्न संघले सुझाव दिएको छ भने नपुग हुने धरौटी रकम १ वर्सम्म थप गर्न पाउनुपर्ने माग गरेको छ ।

 त्यसैगरी संघले रोजगार दाताले इजाजतपत्र संस्थालाई कामदार आपूर्ति गरेबापत प्रवर्द्धन खर्च तथा सेवा शुल्क उपलब्ध नगराएको वा नगराउने शर्त रहेको सम्बन्धित रोजगार दाताको आधिकारिक पत्र पेश गरेमा इजाजत पत्रवाला संस्थाले कामदारले पाउने १ महिना बराबरको तलब रकम लिन पाउनुपर्ने माग गरेको छ । कामदारले तिर्ने सो रकम म्यानपावर कम्पनीको बैंक खातामा भुक्तानी गर्ने व्यवस्था गर्न समेत संघले माग गरेको छ ।

गत १६ गते म्यानपावर व्यवसायीको वृहत भेलाले धरौटी बढाउने प्रस्ताव फिर्ता नभए म्यानपावरको इजाजतपत्र (लाइसेन्स) सरकारलाई नै बुझाउने निर्णय सहित संकल्प पस्ताव पारित गरेको थियो । तर त्यसको १० दिन नवित्दै संघको तर्फबाट श्रम मन्त्री विष्टलाई धरौटी बढाउनु परे २ करोड सम्म उपयुक्त हुने व्यवसायीले सुझाव दिएका छन् । व्यवसायी संघकै अगुवाइमा धरौटी बढाउने पस्ताव आएपछि कतिपाए साना व्यवसायीहरुले यसको विरोध शुरु गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ