2026-07-06 10:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन तस्करीको बारेमा गृहमन्त्री थापाले दिए यस्तो प्रतिक्रिया

2018-08-14

साउन २९, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको सञ्जाललाई ध्वस्त तुल्याइएको बताउनुभएको छ । राष्ट्रियसभा मातहतको दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले सुन तस्करीमा संलग्न व्यक्तिको सञ्जाल ध्वस्त भएको, मुख्य पात्र छानबीनको दायरामा आइसकेको उल्लेख गर्नुभयो । 

दुवईबाट तीन वर्षको अवधिमा एउटा समूहले मात्रै चार हजार क्विन्टल सुन तस्करी गरेको छानबिनबाट थाहा भएको जानकारी दिँदै गृहमन्त्री थापाले यहाँ आउने सुनको १० प्रतिशत मात्र नेपालमा खपत हुने र बाँकी भारत जाने गरेको अनुसन्धानबाट खुलेको बताउनुभयो । 

जैन भन्ने भारतीय नागरिकले दुवई, थाइल्याण्ड र मलेशियाको हवाई रुट प्रयोग गरी नेपाल हँुदै भारतीय बजारमा सुन पुर्याउने गरेको पाइएको जनाउँदै गृहमन्त्री थापाले उक्त रुटबाट सुन तस्करी गर्ने सबै पात्र पक्राउ गरेकाले पछिल्लो समय सुन तस्करीमा निकै कमी आएको दाबी गर्नुभयो । ‘‘अर्वांै मूल्यमा भइरहेको सुन तस्करीलाई नियन्त्रण गर्ने प्रयत्न गरिरहेका छौं,’’ उहाँले भन्नुभयो । 

भ्रष्टाचारलाई नियन्त्रण र निस्तेज गर्न नसकिएसम्म विकास निर्माण सम्भव नरहेको बताउँदै उहाँले घुस नपाएसम्म फाइल घुमाइरहने प्रवृत्ति अन्त्य गर्न सरकारले अब कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभयो । 

सुशासन, शान्ति र विकासका लागि अनुकूल वातावरण बनाउन गृहप्रशासनले काम गरिरहेको बताउँदै मन्त्री थापाले मदिराका कारण हत्या हिंसा र बलात्कारका घटना वृद्धि गरेकाले आन्दोलनकै रुपमा त्यसविरुद्ध अभियान चलाइने जानकारी दिनुभयो । 

ठेकेदारको लापर्वाहीका कारण दशकाँैदेखि विकास निर्माणका आयोजनाको प्रगति शून्यजस्तै रहेको बताउँदै उहाँले सडकको दुर्दशाका कारण दुर्गम क्षेत्रमा परिणत भएको काठमाडाँै उपत्यकाका सडक सुधार अन्तरमन्त्रालयबीच समन्वय गरेर अघि बढाइने प्रयास भइरहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “जग्गा र मानव तस्कारीसग सम्बन्धित ठगीका घटना अर्वौं रकम जोडिएको छ, आधुनिक दासप्रथाको रुपमा चेलीबेटी बेचबिखनका घटना भइरहेको हुँदा रोकथामका लागि हदैसम्मका प्रयास भइरहेको छ ।” जात, धर्म र समुदायको नाममा केही तत्वले विकास र सुशासनमा बाधा पुर्याइरहेको बताउँदै गृहमन्त्री थापाले त्यस प्रकारका गतिविधिलाई परास्त गरिने बताउनुभयो । 

राजनीतिक दललाई दोहोरो मापदण्ड नलिन सुझाव दिँदै उहाँले भन्नुभयो, “विष्फोटका घटना गराउने, जबर्जस्ती चन्दा असुल गर्ने, राज्य सत्ता उल्टाउँछु भनी ध्वंसात्मक गतिविधि गर्ने कार्य कानून विपरीत भएकाले सरकारले त्यस्तो कार्यमा संलग्न जो कोहीलाई पनि कानूनी कारवाहीको दायरामा ल्याउन पछि पर्ने छैन ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने