खर्च प्रगतिमा धुर्कोट पहिलो, मुसिकोट दोश्रो

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
3 Min Read

प्रेम सुनार । साउन–२९, गुल्मी ।  पश्चिम नेपाल ग्रामिण  खानेपानी तथा सरसफाई परियोजना दोश्रो चरण गुल्मीले यस जिल्लामा सञ्चालन गरेका कार्यक्रमहरु मध्ये आर्थिक प्रगति सारंशमा धुर्कोट  गाउँपालिका पहिलो नम्वमा अगाडी  रहेको छ भने दोश्रो नम्वमा मुसिकोट नगरपालिका परेको छ ।

जिल्लाका  पाँच वटा गाउँपालिका र एउटा मुसिकोट नगरपालिमामा उक्त परियोजनाले खानेपानी योजना र सरसफाई कार्यक्रम गर्दै आएकोमा धुर्कोट गाउँपालिका आर्थिक प्रगतिमा सबै भन्दा अगाडी देखिएको त्यस कार्यक्रमका फोकल पर्शन हरि घिमिरेले जानकारी दिए ।

हामीलाई प्राप्त सुचाङक अनुसार तेश्रो नम्वरमा ईस्मा गाउँपालिका परेको छ । चौथो नम्वरमा कालिगण्डकी, पाँचौमा छत्रकोट र छैठौं नम्वरमा मदाने गाउँपालिका परेको छ । ति सवै स्थानिय तहमा करोडौंका खानेपानी योजना र सरसफाई कार्यक्रम तिव्र रुपमा अगाडी बढाईएको छ ।

परियोजनाले धुर्कोट गाउँपालिका वडा नम्वर–७ वाग्लामा माछेब्याड लिफ्ट खानेपानी योजना गत अशार मशान्त भित्रै सम्पन्न गरेको छ । जसबाट १ सय २४ घरधुरीका ६ सय ३४ जना लाभान्वित भएका छन ।   एक घर एक धारा कार्यक्रम अन्तर्गत सवै सवै घरहरुमा धारा पुगेको छ ।

वडा नम्वर ३ को हाडहाडेमा घोस वर्दवास खानेपानी योजनाको काम अन्तिम चरणमा पुगेको त्यस परियोजना वास संयोजक छविलाल बिश्वकर्माले जानकारी दिए । उनका अनुसार  जसबाट १ सय ३३ घरधुरीका ७ सय ८९ जना  लाभान्वित हुने छन ।

धुर्कोट गाउँपालिका भित्रका ७ सय ९८ घरधुरीमा पुर्ण सरफाई सुचाङकमा परी हरियो स्टिकर टाँस्ने कार्य पनि सम्पन्न भएको छ । त्यहाँका तिन वटा विद्यालय पञ्चायन मावि, वाग्ला मावि र निन्युखर्क माविमा भित्ते लेखन कार्य पनि सम्पन्न भएको छ । सय थान पुर्ण सरसफाईका सुचक पोष्टर वितरण पनि गरिएको छ ।  परियोजनाले गाउँपालिका भित्र अपाङ्ग र महिला मैत्री शौचालय समेत गत आर्थिक वर्षमा सम्पन्न गरेको छ ।

परियोजनाका लागि गत वर्ष नेपाल सरकारबाट ५२ लाख २२ हजार, फिन्ल्याण्ड सरकार २५ लाख  ९३ हजार, धुर्कोट गाउँपालिका ३० लाख ८५ हजार ६ सय ४४ , उपभोक्ताद्धारा नगद २ लाख ८२ हजार ५ सय १९ र जनश्रमदान ४० लाख ३ हजार ७९ सहित कुल १ करोड ४५ लाख २३ हजार ७ सय ८१ ग्त बर्ष छुट्टाईएको त्यस गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत  लोकहरी थापाले जानकारी थिए ।

उनले यस चालु आर्थिक वर्षमा पनि  खानेपानी र सरसफाईका लागि त्यो भन्दा बढि रकम विनियोजन गरिएको बताए । उपप्रमुख शिवहादुर खत्रीले दौंघा पछि  धुर्कोट सदियौं देखि खानेपानीको अभावमा रहेकोले प्रमुख समस्या खानेपानी हल गर्न लागिएको बताए । गाउँपालिका प्रमुख भुपाल पोखरेलले पाँच वर्ष भित्रमा एक घर एक धारा आफुहरुको चुनावी प्रतिप्रद्धता पुरा गरिने बताए ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply