2026-10-29 03:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

जलेर गम्भीर घाईते बालकप्रति मन्त्रीद्धय ज्ञवाली र बिष्टको ध्यानकृष्ट

प्रेम सुनार । साउन–३०, गुल्मी । केहि दिन अघि जलेर गम्भीर घाईते भई यति वेला जिवन मरणको दोसाँधमा रहेको गुल्मीका विपन्न परिवारका एक बालकको उपचार प्रति संघिय सरकारका मन्त्री तथा गुल्मीका दुबै सांसदहरुको ध्यानकृष्ट भएको जनाईको छ ।

ईस्मा गाउँपालिका वडा नम्वर ३ स्थित अति विपन्न भक्तबहादुर कुमालका ४ वर्षिय छोरा उमेश साउन ८ गतेका दिन घरको तलबाट खसेर अगेनामा पकाउँदै गरेको तातो दालमा डुबेर गम्घीर घाईते भएका थिए ।

 उनका परिवारजन संग उनको उपचार गर्ने खर्च नभए पछि जिल्ला अस्पताल तम्घासका स्वास्थ्यकर्मीहरु आफैले चन्दा उठाएर उपचार गराई रहेको समाचार बाहिर आए लगत्तै गृह जिल्लाका ति बालकको उपचारका लागि प्ररराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र श्रम रोेजगार तथा सामाजिक विकास मन्त्री गोकर्णराज बिष्टको ध्यानकृष्ट भएको हो ।

मन्त्री ज्ञवालीका स्वकिय सचिव जंग नेपाली र मन्त्री बिष्टका स्वकिय सचिव गणेश श्रीपालीले  दुवै मन्त्रीहरुको ध्यानकृष्ट भएको जानकारी दिए । नेपाली र श्रीपालीद्धयले भने–‘ पहिलो कुरा त अस्पतालका स्वास्थ्यकर्कीहरु आफैले चन्दा संकलन गरेर उपचार गराई कल्याणकारी काम गरेको प्रति मन्त्रीज्युहरुले धन्यवाद दिनु भएको छ ।

त्यस्तै ति बालकको थप उपचारका लागि  उपयुक्त अर्को अस्पताल कहाँ लैजानु पर्ने हो त्यहाँ उहाँहरुले निशुल्क उपचारका लागि भनि दिनु हुने भएको छ । ’

मन्त्री बिष्टले केहि नगद सहयोग समेत पठाई सकेको स्वकिय सचिव श्रीपालीले बताए । उता ईस्मा गाउँपालिकाको पनि ध्यानकृष्ट भएको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए । उनले भने–‘ समाचार हेरेर मात्र थाह पाईयो र पाल्पा उपचार गर्न पठाउनु पर्ने बुझिए पछि तत्काललाई १५ हजार पठाएका छौं, थप सहयोग के कति गर्न सकिन्छ त्यसबारे सल्लाह गर्ने छौं ।’

ति वालकमा रक्त सञ्चारको कमीले उनको स्वास्थ्य अवस्था चिन्तीत हुँदै गए पछि पाल्पा पठाउन लागिएको जिल्ला अस्पताल तम्घासका सुचना अधिकृत डाक्टर सुरेश रायमाझीले जानकारी दिए । उनिहरुको समाचार आए लगत्तै अन्य सर्वसाधरणहरुले पनि आर्थिक सहयोग अभियान सुरु गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ