२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

जलेर गम्भीर घाईते बालकप्रति मन्त्रीद्धय ज्ञवाली र बिष्टको ध्यानकृष्ट

२०७५, ३० श्रावण बुधबार ०८:००

प्रेम सुनार । साउन–३०, गुल्मी । केहि दिन अघि जलेर गम्भीर घाईते भई यति वेला जिवन मरणको दोसाँधमा रहेको गुल्मीका विपन्न परिवारका एक बालकको उपचार प्रति संघिय सरकारका मन्त्री तथा गुल्मीका दुबै सांसदहरुको ध्यानकृष्ट भएको जनाईको छ ।


ईस्मा गाउँपालिका वडा नम्वर ३ स्थित अति विपन्न भक्तबहादुर कुमालका ४ वर्षिय छोरा उमेश साउन ८ गतेका दिन घरको तलबाट खसेर अगेनामा पकाउँदै गरेको तातो दालमा डुबेर गम्घीर घाईते भएका थिए ।

 उनका परिवारजन संग उनको उपचार गर्ने खर्च नभए पछि जिल्ला अस्पताल तम्घासका स्वास्थ्यकर्मीहरु आफैले चन्दा उठाएर उपचार गराई रहेको समाचार बाहिर आए लगत्तै गृह जिल्लाका ति बालकको उपचारका लागि प्ररराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र श्रम रोेजगार तथा सामाजिक विकास मन्त्री गोकर्णराज बिष्टको ध्यानकृष्ट भएको हो ।

मन्त्री ज्ञवालीका स्वकिय सचिव जंग नेपाली र मन्त्री बिष्टका स्वकिय सचिव गणेश श्रीपालीले  दुवै मन्त्रीहरुको ध्यानकृष्ट भएको जानकारी दिए । नेपाली र श्रीपालीद्धयले भने–‘ पहिलो कुरा त अस्पतालका स्वास्थ्यकर्कीहरु आफैले चन्दा संकलन गरेर उपचार गराई कल्याणकारी काम गरेको प्रति मन्त्रीज्युहरुले धन्यवाद दिनु भएको छ ।

त्यस्तै ति बालकको थप उपचारका लागि  उपयुक्त अर्को अस्पताल कहाँ लैजानु पर्ने हो त्यहाँ उहाँहरुले निशुल्क उपचारका लागि भनि दिनु हुने भएको छ । ’

मन्त्री बिष्टले केहि नगद सहयोग समेत पठाई सकेको स्वकिय सचिव श्रीपालीले बताए । उता ईस्मा गाउँपालिकाको पनि ध्यानकृष्ट भएको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए । उनले भने–‘ समाचार हेरेर मात्र थाह पाईयो र पाल्पा उपचार गर्न पठाउनु पर्ने बुझिए पछि तत्काललाई १५ हजार पठाएका छौं, थप सहयोग के कति गर्न सकिन्छ त्यसबारे सल्लाह गर्ने छौं ।’

ति वालकमा रक्त सञ्चारको कमीले उनको स्वास्थ्य अवस्था चिन्तीत हुँदै गए पछि पाल्पा पठाउन लागिएको जिल्ला अस्पताल तम्घासका सुचना अधिकृत डाक्टर सुरेश रायमाझीले जानकारी दिए । उनिहरुको समाचार आए लगत्तै अन्य सर्वसाधरणहरुले पनि आर्थिक सहयोग अभियान सुरु गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा