पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>प्रेम सुनार । साउन–३०, गुल्मी ।</b> अहिले केहि बेर अघि गुल्मीदरवार गाउँपालिका वडा नम्वर–३ को राजा भन्ने स्थानमा बसले ठक्कर दिदाँ जिपमा सवार ७ जना घाईते भएका छन । तम्घासबाट बुटवलबाट जाँदै गरेको लु १ प ७०४२ नम्वरको बस र सोही दिशाबाट आउँदै जाँदै गरेको लु १ ख ८३७७ नम्वरको बस एक अर्कामा सामन्य ठोकिएको र विपरित दिशाबाट आउँदै गरेको जिपलाई फेरी पछिल्लो बसले ठक्कर दिदा जिपमा सवार ७ जना घाईते भएका हुन ।<br></p><p>जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी रोशन खड्काले जानकारी दिए । सामन्य घाईतेको राजास्थित स्वास्थ्य चौकीमा उपचार गराईएको खड्काले बताए । ठक्करबाट वस र जिपको सिसा लगायमा क्षति भएको बताईएको छ । </p>

