२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझा सबाल स्टिङ अप्रेसन : पोल्याण्ड पठाउने भन्दै ठगि गर्ने २ युक्रेनी नागरिक पक्राउ

२०७५, ३० श्रावण बुधबार १०:५६

साउन ३०,काठमाडौं । पोल्याण्ड पठाउने भन्दै नेपाली युवाहरुलाई ठगि गर्ने २ युक्रेनी नागरिक पक्राउ परेका छन् । टुरिष्ट भिषामा नेपाल आएका विल्ली भिटाली र उनका महिला सहयोगी नाटालियाले पोल्याण्ड कामदार भिषामा पठाउने भन्दै ठगि गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । निजहरु दुवै जना २६ अप्रिल २०१८ मा नेपाल आएका थिए । साथै अन्तिम भिषाको म्याद ७ दिन मात्र बाँकि रहेको छ ।


उनीहरुले ठगि गरिरहेको विषयमा साझा सबाल मिडियामा हिजो सूचना प्राप्त भएको थियो । सो पश्च्यात साझा सबाल मिडियाले स्थलगत निरिक्षण गरेपछि उनीहरुले अबैध कार्य गरिरहेको थाहा पाएपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई जानकारी गराएको थियो । सो लगत्तै वैदेशिक रोजगार विभाग र अपराध अनुसन्धान महाशाखाले छापा मारेको हो ।  पुतलीसडक स्थित शंकरदेव क्याम्पस अगाडी गत मार्चबाट अफिस खोलेर उनीहरुले ठगि धन्दा चलाइरहेका पाइएको हो ।  

पिपल फर वर्क नामको कम्पनी गत बुधबार मात्र दर्ता गरिएको भेटिएको छ तर उक्त कम्पनीको व्यवसायका कारोबार अन्तर्गत कम्प्युटर सफ्टवेयर सम्बन्धि कारिबार गर्ने र सो मार्फत सूचना सेवा प्रदान गर्ने उदेश्यले दर्ता भएपनि बैदेशिक रोजगारीमा पठाउने भन्दै ठगि गर्ने गरेको भेटिएको हो ।  उनीहरुको पक्राउसँगै अफिसमा उपलब्ध सबै सामान प्रहरीले जफत गरि अनुसन्धान शुरु गरेको छ । पोल्याण्ड पठाउने कार्यको लागि नेपालका केहि म्यानपावर कम्पनीसंग पनि सहकार्य भएको प्रारम्भिक अनुसन्धानले देखाएको  छ ।  

उनीहरुले फेसवुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा आफ्नो प्रचार गर्ने गरेका थिए । त्यसरि सम्पर्कमा आउने व्यक्तिलाई पोल्याण्डको कामदार भिषा उपलब्ध गराउने भन्दै शुरुमै १ लाख देखि २ लाख माग्ने गरेका थिए । अन्तिम अन्तर्वार्ताका लागि भारत जानुपर्ने र समग्रमा ७ लाख सम्म खर्च लाग्ने बताउने गरेको पिडितहरुले बताए । पोल्याण्ड जानको लागि ३ सय भन्दा बढी नेपालीहरुको अन्तर्वार्ता समेत लिइसकेको सो कम्पनीका एक कर्मचारीले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना