२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा वाणिज्य बैंकको ऋण लगानी शून्य

३० श्रावण २०७५, बुधबार ११:१२

साउन ३०, नवलपरासी | गण्डकी प्रदेशअन्तर्गत पूर्वीनवलपरासीको त्रिवेणीमा अवस्थित राष्ट्रिय वाणिज्य बैंक त्रिवेणी शाखाले स्थापना भएदेखि हालसम्म एक वर्षको अवधिमा एक रुपैयाँ पनि ऋण लगानी गरेको छैन । 

द्वन्द्वकालमा विस्थापित भई तत्कालीन बर्दघाट शाखामा गाभिएको तत्कालीन त्रिवेणी शाखा पुनः २०७४ असार २९ नयाँ शाखाको रुपमा त्रिवेणीमा पुनःस्थापना भएको थियो । 

यद्यपि नयाँ शाखाको रुपमा त्रिवेणीमा स्थापना भएदेखि हालसम्म ऋण लगानी शून्य रहेको राष्ट्रिय वाणिज्य बैंक त्रिवेणी शाखाका प्रबन्धक केशवकान्त पौडेलले जानकारी दिनुभयो । 

पौडेलका अनुसार राष्ट्रिय वाणिज्य बैंकको नियमानुसार रहेर ऋण माग गर्नेको सङ्ख्या निकै कम आउने र माग गरेपनि नियमभन्दा बाहिर रहेर माग गरिएकाले ऋण लगानी नभएको र हालसम्म शून्य रहेको छ । 

बैंकको उद्देश्यअनुसार प्राप्त औद्योगिक क्षेत्र नहँुदा ऋण माग गर्नेको सङ्ख्या छैन । यस बैंक विशेष गरी पूर्वीनवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं ६, ७, पश्चिम नवलपरासीको सुस्ता र प्रतापपुर गाउँपालिकाका सेवाग्राहीलाई पायक पर्ने स्थानमा छ । 

समयसापेक्ष आवश्यकतालाई महशुस गरी उचित स्थान वा बजारमा यस बैंकको शाखा कार्यालय नहँुदा बैंकको गतिविधि र काम अन्य शाखाको तुलनामा निकै कम रहेको शाखा प्रबन्धक पौडेलको भनाइ छ । 

यस बैंकमा निकै भीड हुने सिजन जेठ, असारमा पनि दैनिकरुपमा ३० देखि ४० जना र अन्य समयमा २० देखि ३० जनासम्म मात्र सेवाग्राही आउने गरेका छन् । यस बैंकमा चार जना कर्मचारी रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य