2026-09-15 06:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको कुर्घामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

भदौ १, पर्वत | पर्वतको कुर्घामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । फलेवास नगरपालिकाद्धारा ११ वटै वडामा नागरीक भेटघाट तथा आर्थीक बर्ष २०७४।०७५ मा सञ्चालित कार्यक्रमको समिक्षा र नागरीकको प्रतिक्रिया संकलन गरि समाधान गर्ने उदेश्य सहित सञ्चालित कार्यक्रम अनुरुप ८ औँ वडाको रुपमा वडा नं १० कुर्घामा विहिवार सर्वजनिक सुनुवाई कार्यक्रम गरिएको थियो ।

वडा कार्यलयमा आयोजित कार्यक्रममा स्थानिय नागरीकहरुले वडा भित्र शिक्षा, स्वास्थय, खानेपानि,सिंचाई लगाएतको समस्या रहेको प्रतिक्रिया दियका छन् ।

यस्तै गाउका युवँहरु रोजगारीको सिलसिलमामा विदेशिने क्रम बढेको भन्दै रोजगारिको व्यवस्था गाउमानै सृजना गर्नु पर्ने बताय, वडा भित्रका अधिकांस विद्यालयमा प्रयाप्त शिक्षक दरबन्दिको व्यवस्था नहुदा शैक्षिक गुणस्तर हासिल गर्न कठिन भएको शिक्षकहरुको गुनासो रहेकोछ् ।  काठका पोल पुरानो हुदै जादा कुनै पनि बेला घटना घट्न सक्ने भन्दै यस प्र्रति नगरपालिकाको ध्यानाकर्षण गराईएको थियो । यस्तै अध्यक्ष बाहेक अन्य जननिर्वाचित प्रतिनिधिको भुमिका नदेखिएको भन्दै उनिहरुलाई सामाजिक विकास तथा अनुगमनमा लगाउनु माग रहेको छ । संघियतामा मुलुक गय पछि व्यवसाय गर्दै आएका नगरीकहरुले यउटै व्यवसायको तिन चार ठाउँमा कर तिर्नु पर्दा मर्कामा परेको गुनासो गरेका छन् । यस्तै स्वास्थ चौकिको रिक्त पद पुर्ति नहुदा विरामिहरु स्वास्थय सेबा लिनवाट बञ्चीत हुनु परेको स्थानियको गुनासो रहेको छ ।

कार्यक्रममा उपस्थित नागरिकहरु उमाकान्त शर्मा, जित बहादुर थापा, गोविन्द प्रसाद पौडेल, दयानिधि शर्मा, भवानी प्रसाद शर्मा, खड्ग बहादुर पौडेल क्षत्रि, मिन प्रसाद शर्मा, विजुला देवि रेग्मि कृष्ण प्रसाद शर्मा, अमर बहादुर क्षेत्रि, हरि प्रसाद शर्मा, धनकुमारी  शर्मा, बालाकृष्ण पौडेल, कुल प्रसाद पौडेल, तुलसि प्रसाद पौडेल, चेतनाथ चपाई लगाएतले विभिन्न जिज्ञासा राख्नु भएको थियो

सार्वजनिक सुनुवाई कार्यक्रमान उठेका प्रशनलाई सम्बोधन गर्दै फलेवास नगर कार्यपालिका प्रमुख पदमपाणि शर्माले नगरपालिकाको सम्बृदिको लागि जनस्तरमा भएका गुनासा, समस्या र आवस्यकताको पहिचान गरि तिनको सम्बोधन गर्न जनताको घरदैलोमा कार्यक्रम लगिएको बताउनु भयो ।

विकास निमार्णको क्रममा तत्काल नागरिकले केहि क्षति व्यर्होनु परे पनि दिर्गकालिन रुपमा प्रत्यक्ष फाईदा हुने कार्यक्रम अघि बढाईयको उहाँले बताउनु भयो ।  नगरपालिकाको वृहत्तर विकासको लागि गुरु योजना निमार्ण गर्ने क्रममा रहेको समेत शर्माले बताउनु भयो । नगरपालिका भित्रै स्वरोजगार सृजन गर्न ११ वटै वडामा  १२५ जना नागरीकलाई ११ विधामा तालिम दिइएको उहाँले बताउनु भयो ।

विगतमा गरिने विकास कनिका छरे जस्तो हुँदा नगरिकले प्रतिफल प्राप्त गर्न नसकेको भन्दै नगर प्रमुख शर्माले नगरपालिकाको सम्बृद्धिको लागि एकद्धार प्रणालिवाट कार्यक्रम ल्याईएको बताउनु भयो । नगरिकवाट करको विषयमा उठने गरेका पश्नको जवाफमा शर्माले फलेवास नगरपालिका देशका सवै स्थानिय तह मध्य सवै भन्दा जनमुखि र मित्तव्ययि भयर कर लगाईएको बताउनु भयो ।

त्यस्तै उहाँले आवस्यकता र औचित्यताको आधारमा सवै समस्या सम्बोधन गरिने समेत प्रतिबद्धता जनाउनु भएको छ । फलेवास नगरपालिका  धेरै आवस्यकता र चाहनै चाहना सहित पुर्वाधार विहिन ठाउँ भन्दै शर्माले जनताले लाभ लिन केहि समय लागेको बताउनु भयो । यस्तै उहाँले देशमा सवै किसीमको परिर्वतन भईसकेकोले अव विकास र सम्बृद्धिको पथमा मात्र आफुहरुको ध्यन केन्द्रित रहेको बताउनु भयो ।

यस्तै कार्यक्रममा नगर उप प्रमुख मञ्जु अधिकारीले स्थानिय सरकारको महत्ववारे प्रकास पार्दै नागररिकका समस्या गुनासहरुलाई नजिकवाट स्थानिय सरकारले पहिचान गरि सम्बोधनमा लागेको बताउनु भयो ।

फलेवास नगरपालिकाले सुखि नगरबासि र सम्बृद्ध नगरपालिका बनाउन नागरिकहरुलाई व्यवसाईक बनाउने कार्यक्रम हरु सञ्चालन गरेको बताउनु भयो ।

व्यवसाईकता विना जिवनस्तर नसुर्धने तथा विकास नहुने भन्दै उहाँले नागरिकलाई विभिन्न सिपमुलक तालिम प्रदान गरि व्यवसाय तर्फ उन्मुख गरिएको बताउनु भयो ।

महिला अधिारका क्षेत्रमाथिको कुरा गर्दै उपप्रमुख अधिकारीले नेपालको संविधानले महिलाहरुलाई धेरै अधिकार दिय पनि त्यसलाई महिलाहरुले सदुपयोग गर्न नसकेको भन्दै आफ्ने अधिकार प्रप्त गर्न हरेक महिला सक्षम र सक्रिय बन्न आग्रह गर्नु भयो ।

अन्र्तक्रिया कार्यक्रममा वडा अध्यक्ष शालिग्राम पौडेलले  गत वर्ष वडामा संचालित कार्यक्रमको जानकारी तथा आगामि कार्य योजना प्रश्तुत गर्नुभएको थियो ।

वडाको विकासको लागि नागररिकको सहयोग र साथको समेत आवस्यकता पर्ने भन्दै अध्यक्ष पौडेलल नागरिक सगैँ हातेमाले गरि विकास निमार्णमा लाग्ने बताउनु भयो ।

नगरपालिकाका खरिदार पारश शर्माले सञ्चालन गरेको कार्यक्रममा नगरपालिकाको गतिविधि वारे योजना व्यवस्थापक देवि तिमिल्सिनाले प्रकास पार्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ