२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा पहिरोले पुरिएर एकको मृत्यु

२ भाद्र २०७५, शनिबार ०६:२४

भदौ २, बाजुरा | लगातारको अविरल वर्षाका कारण बाजुराको बूढीगङ्गा नगरपालिका–१ मल्ला कुँडीमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही वडाका नन्दे परीकी ४५ वर्षीया कला परीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । शुक्रबार रातिको अविरल वर्षाले घरमाथिबाट पहिरो आएपछि घरसमेत बगाएको छ । सोही वडाका साउँदका पाँच परिवार पहिरोको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । 

यसैगरी सोही नगरपालिका–२ मुसीमा चन्द्र रावतको गाईगोरुको गोठ पहिरोले बगाएको छ । गाईगोरु गोठ बगाउँदा दुई गाई, एक गोरु, १० बाख्रा, एक कुुकुर गरी १४ जनावरको मृत्यु भएको छ । 

त्यस्तै गरी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–५ गोत्रीमा निमेन्द्र शाहीको तीन तले घर अविरल वर्षाले भत्काएको कोल्टी इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । 

त्रिवणी नगरपालिका र बूढीगङ्गा नगरपालिकाको बीचमा पर्ने बूढीगङ्गा नदी थुनी लागेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । नदी थुनिन लागेकाले सबैले सजग हुन प्रहरीले आग्रह गरेको छ । 

बूढीगङ्गा नगरपालिका १ र २ मा पहिरोमा परी मृत्यु भएकाको उद्धारका लागि टाटे प्रहरी चौकीबाट टोली खटिएको छ, भने जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षकको टोली र समरजीत गुल्मबाट १५ जनाकोे टोली घटनास्थलमा उद्धारका लागि पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन