२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा बसाइँसराइले खेतीयोग्य जमीन बाँझै

२ भाद्र २०७५, शनिबार ०६:३७

कृष्ण दर्नाल | भदौ २, पाल्पा | माथागढी गाउँपालिका–१, चिदीपानीमा वर्षेनी गाउँ रित्तिदै जान थालेको छ । यस वडामा पाँच वर्षको अवधिमा १५१ परिवार बसाइँसराइ गरी अन्यत्र गएपछि गाउँ खाली हुने अवस्थामा पुगेको हो। 

गाउँमा सेवा र सुविधा नभएपछि मानिस शहरी क्षेत्रमा बसोबास गर्न थालेकाले ग्रामीण क्षेत्र खाली हुँदै गएका छन् । यस वडामा करीब एक हजार घरधुरी रहेकामा १५१ परिवारका ४३७ जना बाहिरिएका छन् । प्रत्येक वर्ष १८ देखि ५१ घरपरिवार बसाइँसराइ गरी बाहिर गएको वडा कार्यालयको अभिलेखले देखाउँछ । 

बसाइँसराइ गरी बाहिर जाँदा ६० लाखौँ खर्चेर बनाइएको घर संरक्षणको अभावमा खाली हुनाका साथै करीब एक हजार रोपनी खेतबारी बाँझोमा परिणत भएका छन् । 

लामो समयसम्म मानिस बसोबास गर्न छाडेसँगै पुराना घर जीर्ण बन्दै गएका छन् । विसं २०७० देखि २०७४ चैत्र मसान्तसम्म बसाइँ सर्नेको सङ्ख्या ४३७ पुगेको छ । विसं २०७० मा २२ , ०७१ मा ५१, ०७२ मा १८, ०७३ मा १९ र ०७४ मा ४१ गरी जम्मा १५१ परिवार गाउँबाट विस्थापित भएका हुन् । 

शिक्षित तथा आर्थिकरूपमा सम्पन्न परिवार माडीफाँट, तानसेन, पोखरा, बुटबल, काठमाडौँलगायतका स्थानमा बसोबास गर्दै गएपछि ग्रामीण बस्ती खाली हुन थालेको हो स्थानीय बासिन्दा नवराज पन्थीका अनुसार सेवा सुविधाको खोजीमा वर्षेनी मानिस बराइँसराइ गरी अन्यत्र जान बाध्य छन् । 

वडा तथा गाउँपालिकाले वडाबाट बाहिर बसोबास गर्न खोज्नेलाई यही राख्ने वातावारण सिर्जना गर्नुपर्छ । पहिला शिक्षित र सम्पन्न मानिस गाउँ छाडेको देखासिकीबाट अहिले विपन्न समुदायका मानिस पनि बराइँसराइ गरी बाहिर जान थालेको पन्थी बताउनुहुन्छ । 

माथागढी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद घिमिरे शर्माले खेतीयोग्य जमीन बाँझो राख्ने र घर खाली राख्ने १५÷२० परिवारसँग छलफल गरी प्रयोगमा ल्याउन अनुरोध गरिएको जानकारी दिनुहुन्छ । नौँ महिना बाहिर बसे पनि तीन महिनामा घरमा बस्न अनुरोध गरिएकाले केहीले बस्न थालेका छन् । बाँझो जमीन मालिकले अरूलाई खेती गर्न दिन सहमत भएको उहाँको भनाइ छ 

बसाइँसराइ गरी आउनेको सङ्ख्या झिनो मात्र छ । विसं २०७० देखि २०७४ चैत्र मसान्तसम्म ८० जना मात्र फर्केका छन् । विंस २०७० मा चार, ०७१ मा तीन, ०७२ मा दुई, ०७३ मा सात तथा ०७४ मा तीन गरी जम्मा १९ परिवार वडाभित्र आएर बसोबास गरेका छन् । 

वडा सहायक नवराज पन्थीका अनुसार जिल्लाको हुमीन, रहबाँस, बहादुरपुर र स्याङ्जाबाट १९ परिवार बसाइँसराइ गरी यस वडामा आएका हुन् । उनीहरूले यहाँ खेती तथा पशुपालन गर्न थाले पनि पूर्णरूपमा व्यावसायिक बन्न भने सकेकाछैनन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य