2026-09-14 02:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा बसाइँसराइले खेतीयोग्य जमीन बाँझै

कृष्ण दर्नाल | भदौ २, पाल्पा | माथागढी गाउँपालिका–१, चिदीपानीमा वर्षेनी गाउँ रित्तिदै जान थालेको छ । यस वडामा पाँच वर्षको अवधिमा १५१ परिवार बसाइँसराइ गरी अन्यत्र गएपछि गाउँ खाली हुने अवस्थामा पुगेको हो। 

गाउँमा सेवा र सुविधा नभएपछि मानिस शहरी क्षेत्रमा बसोबास गर्न थालेकाले ग्रामीण क्षेत्र खाली हुँदै गएका छन् । यस वडामा करीब एक हजार घरधुरी रहेकामा १५१ परिवारका ४३७ जना बाहिरिएका छन् । प्रत्येक वर्ष १८ देखि ५१ घरपरिवार बसाइँसराइ गरी बाहिर गएको वडा कार्यालयको अभिलेखले देखाउँछ । 

बसाइँसराइ गरी बाहिर जाँदा ६० लाखौँ खर्चेर बनाइएको घर संरक्षणको अभावमा खाली हुनाका साथै करीब एक हजार रोपनी खेतबारी बाँझोमा परिणत भएका छन् । 

लामो समयसम्म मानिस बसोबास गर्न छाडेसँगै पुराना घर जीर्ण बन्दै गएका छन् । विसं २०७० देखि २०७४ चैत्र मसान्तसम्म बसाइँ सर्नेको सङ्ख्या ४३७ पुगेको छ । विसं २०७० मा २२ , ०७१ मा ५१, ०७२ मा १८, ०७३ मा १९ र ०७४ मा ४१ गरी जम्मा १५१ परिवार गाउँबाट विस्थापित भएका हुन् । 

शिक्षित तथा आर्थिकरूपमा सम्पन्न परिवार माडीफाँट, तानसेन, पोखरा, बुटबल, काठमाडौँलगायतका स्थानमा बसोबास गर्दै गएपछि ग्रामीण बस्ती खाली हुन थालेको हो स्थानीय बासिन्दा नवराज पन्थीका अनुसार सेवा सुविधाको खोजीमा वर्षेनी मानिस बराइँसराइ गरी अन्यत्र जान बाध्य छन् । 

वडा तथा गाउँपालिकाले वडाबाट बाहिर बसोबास गर्न खोज्नेलाई यही राख्ने वातावारण सिर्जना गर्नुपर्छ । पहिला शिक्षित र सम्पन्न मानिस गाउँ छाडेको देखासिकीबाट अहिले विपन्न समुदायका मानिस पनि बराइँसराइ गरी बाहिर जान थालेको पन्थी बताउनुहुन्छ । 

माथागढी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद घिमिरे शर्माले खेतीयोग्य जमीन बाँझो राख्ने र घर खाली राख्ने १५÷२० परिवारसँग छलफल गरी प्रयोगमा ल्याउन अनुरोध गरिएको जानकारी दिनुहुन्छ । नौँ महिना बाहिर बसे पनि तीन महिनामा घरमा बस्न अनुरोध गरिएकाले केहीले बस्न थालेका छन् । बाँझो जमीन मालिकले अरूलाई खेती गर्न दिन सहमत भएको उहाँको भनाइ छ 

बसाइँसराइ गरी आउनेको सङ्ख्या झिनो मात्र छ । विसं २०७० देखि २०७४ चैत्र मसान्तसम्म ८० जना मात्र फर्केका छन् । विंस २०७० मा चार, ०७१ मा तीन, ०७२ मा दुई, ०७३ मा सात तथा ०७४ मा तीन गरी जम्मा १९ परिवार वडाभित्र आएर बसोबास गरेका छन् । 

वडा सहायक नवराज पन्थीका अनुसार जिल्लाको हुमीन, रहबाँस, बहादुरपुर र स्याङ्जाबाट १९ परिवार बसाइँसराइ गरी यस वडामा आएका हुन् । उनीहरूले यहाँ खेती तथा पशुपालन गर्न थाले पनि पूर्णरूपमा व्यावसायिक बन्न भने सकेकाछैनन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले